
नेपालगन्ज, २ माघ – पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य एवम् बाँके ईन्चार्ज दिनेशचन्द्र यादवलाई नेकपा पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्दै बिदाई गरेका छन् ।
नेता यादवको राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिवार बिहान +निधन भएको थियो । कोरोना संक्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्न्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय उनी कोरोना मुक्त भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै गरेको अवस्थामा निधन भएको बताईएको छ ।
+
मृगौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको उनका भतिजा सोहनलाल यादवले जानकारी गराएका छन् । उनको शव स्थलमार्गबाट नेपालगन्ज ल्याई शुक्रबार बिहान नेकपाको कार्यालयमा श्रद्धाञ्जली सभा गरी यादवको घर नरैनापुर–२ लक्ष्मणपुर लगी सोही स्थानमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ ।
स्व. यादव २०७० सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै मन्त्री समेत बनेका यादव यादव नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य थिए ।
उनको अन्तिम दर्शनको लागि नेकपा पार्टी कार्यालयमा संविधान सभा सदस्य देशवराज भार, निबर्तमान सांसद महेश्वर गहतराज, मो. ईस्तियाक राई, नन्दलाल रोकाय, लुम्बिनी प्रदेशका वन मन्त्री लिला गिरी, सदस्य बाबुराम गौतम, आईपी खरेल, केन्द्रीय सदस्य मो हारुन लगायतका नेता तथा कार्यकर्ताहरु उपस्थित भएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।