मानवसेवामा समर्पित वडा अध्यक्ष दिपककुमार बर्मा
नेपालगन्ज, २५ असाेज - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्मा निर्वाचित भएर आएदेखि वार्ड भित्र थुप्रै सकारात्मक र वडाबासीहरूकाे चाहना अनुसार कार्य गर्दै आएकाे छन् भन्ने सर्वविदित्तै रहेकाे छ ।
साेही अनुसार मानव सेवामा सदैव समर्पित जनप्रिय वडा अध्यक्ष बर्मा वडाबासीकाे चाहना अनुसार नै दाेस्राे पटक निर्वाचित भई हाल जनताकाे सेवामा समर्पित रहेका छन् भने वडा अध्यक्ष बर्मा नेकपा एमालेका पुर्व जिल्ला सचिव समेत रहेका छन् ।
वडा अध्यक्ष दिपककुमार बर्माले आज आफ्नाे जन्मदिनकाे अवसरमा पुन: सराहनिय कार्य गर्दै आर्थिक लगानी अन्त खेर फाल्नुभन्दा समाज सेवामा लगाउने उद्देश्यका साथ मानव सेवा आश्रममा रहेका सम्पुर्णलाई बिहानकाे खाना तथा ५६ थान ब्ल्यांकेट सहयाेग गरेका छन् ।
वडा अध्यक्ष बर्माले संक्षिप्त भनाई राख्दै भन्नुभयाे- "हामीले थाेरै सहयाेग आश्रित मानवहरूमा ग...









