संजय दत्त ‘केजिएफ–२’ का अधिरा
नेपालगन्ज, १८ श्रावण– यस वर्षको प्रतिक्षित भारतीय सिनेमाको सूचिमा रहेको ‘केजिएफ–२’ अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि चर्चामा छ । संजय सिनेमामा प्रमुख खलनायकको भूमिकामा देखिदैंछन् । सिनेमामा संजय ‘अधिरा’को भूमिकामा हुनेछन् । सिनेमाले संजयको जन्मदिनको अवसर पारेर सिनेमामा रहेको उनको नयाँ लुक सार्वजनिक गरेको छ । सार्वजनिक लुकमा संजयलाई खतरनाक अवतारमा देखाइएको छ । सार्वजनिक भएको संजयको यस लुकलाई उनका प्रशंसकहरूले मनपराएको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि ‘अग्नीपथ’मा उनले निर्वाह गरेको ‘कान्चा चिना’ पनि दर्शकहरूलाई एकदमै मनपराएका थिए । ‘केजिएफ–२’ को लुक सार्वजनिक गर्दै संजयले ‘यस सिनेमामा काम गर्नु एकदमै गर्वको कुरा हो । जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु ? फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद’, आफ्नो इन्स्टाग्राम एकाउन्टमा फोटो पोस्ट गर्दै संजयल...









