Sunday, April 26सत्यम खबर
Shadow

युनेस्काेद्वारा बाल सम्बन्धि तालिमकाे आयाेजना

उहाँले सोही उदेश्यले बाल अधिकारदेखि लिएर बालबालिका माथि हुने विभिन्न प्रकारका शोषण र दुर्व्यवहार बारेमा अभियन्ताहरुलाई तालिम मार्फत जानकारी दिईरहेको बताउनुभयो ।
सो तालिमका प्रशिक्षक आशिष बर्माले तालिममा बालअधिकारको दृष्टिकोण, मानव बेचविखन तथा ओसार-पसारको जोखिम, बालबालिका माथि हुने दुर्व्यवहार जाेेेेखिम युवा अभियानकर्मीले खेल्नु पर्ने भूमिकाका बारेमा विस्तृत रुपमा जानकारी गराइने बताउनुभयो ।
उहाँले यो तालिमबाट बाल संरक्षण अभियानमा ठुलो टेवा पुग्ने समेत जानकारी गराउनुभयो ।

नेपालगन्ज, ५ कात्तिक – बाँके युनेस्को क्लबले बाल संरक्षण गर्ने उदेश्यले युवा अभियन्ताहरुका लागि नेपालगन्जमा बाल संरक्षण सम्बन्धि तालिमको आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा बाँकेमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका २० जना युवा अभियन्ताका लागि सो तालिमको आयोजना गरेको हो ।
बाल संरक्षण अभियानलाई सफल बनाउनका लागि सहयोग गरिरहेका युवा अभियन्तालाई सो सम्बन्धि तालिम दिएर अभियानलाई झन प्रभावकारी बनाउने लक्ष्य रहेको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *