Friday, May 15सत्यम खबर
Shadow

गोपीचन्द्र पार्की बने छैठौं म्याराथनका च्याम्पियन

नेपालगन्ज, ६ मंसिर – छैठौं धारा नेपालगन्ज म्याराथन नेपालगन्जको बिपि चोकमा शनिबार सम्पन्न भएको छ ।
पुरा म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) गरी दुईवटा इभेन्टमा नेपालगन्ज म्याराथन सम्पन्न भएको छ । पूरा म्याराथन तर्फ सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी छैठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन ।


उनले ७५ हजार रुपैयाँको पुरस्कार हात पारे । पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाउने भएका छन् । उनी १३ औं सागमा स्वर्ण पदक विजेता समेत हुन ।
त्यसैगरी, २ घण्टा २० मिनेट ४९ सेकेन्डमा उक्त दुरी पार गरेर त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेत द्वितीय बने उनले ३० हजार रुपैयाँको पुरस्कार हात पारे । आर्मी क्लब कै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छन् । उनले २० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।


हाफ म्याराथन तर्फ सशस्त्र प्रहरी कै पुष्पा भण्डारी च्याम्पियन बनेकी छन् । उनले २१ किलोमिटरको दुरी १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा पार गरी च्याम्पियन बनेकी हुन् । उनी १३ औं सागमा सिल्भर मेडल विजेता समेत हुन् । उनले ३० हजार राशीको पुरस्कार हात पारिन् ।
त्यसैगरी हुम्लाकी मन्जु रावतले १ घन्टा ३० मिनेट ७ सेकेन्डमा सो दुरी पार गरी द्वितीय र दाङकी शर्मिला घर्तीले १ घन्टा ३८ मिनेट १४ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छन् । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *