Thursday, May 28सत्यम खबर
Shadow

बाँकेमा हालसम्म कोरोना संक्रमित ८१ जनाको मृत्य

नेपालगन्ज, ५ मंसिर – बाँकेमा बिहिवारसम्म ८१ जना व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गएको छ । जसमध्ये, ३७ जना बाँके भित्रका हुनभने, ४४ जना बाहिरी जिल्लाका हुन ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्ला भित्रका १४ महिला र २३ पुरुष गरी ३७ र अन्य जिल्लाका ९ महिला र ३५ पुरुष गरी ४४ संक्रमितको ज्यान गएको हो ।


बाँके जिल्लाका ३७ जनामध्ये, भेरी अस्पताल नेपालगन्जमा १९ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १६ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने नरैनापुर क्वारेन्टाइनमा एकजना र होम आइसोलेसनमा एकजनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
त्यसैगरी अन्य जिल्लाका ४४ मध्ये, भेरी अस्पतालमा १७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २६ र वेस्टर्न अस्पताल नेपालगन्जमा एकजनाको उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
यसैगरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या सबैभन्दा धेरै दाङको रहेको छ ।


दाङका ३ महिला र १५ पुरुष गरी १८ जना, बर्दियाका ८ जना पुरुष, कैलालीका २ महिला र २ पुरुष गरी ४ जना, कंचनपुरका १ महिला र ३ पुरुष गरी ४ जना, सुर्खेतका २ महिला र १ पुरुष गरी ३ जना, दैलेखका १ महिला र १ पुरुष गरी २ जना, अर्घाखाँचीका १ जना पुरुष, रुकुम पश्चिमका १ जना पुरुष, अछामका २ जना पुरुष र रोल्पाका १ पुरुष गरी ४४ जना रहेका छन् ।
यसैगरी बाँके जिल्ला भित्र सबै भन्दा धेरै मृत्यु हुनेको संख्या नेपालगन्ज उपमहानगरपालिकाको रहेको छ । नेपालगन्जका ९ महिला र १५ पुरुष गरी २४ जना, कोहलपुरका ४ पुरुष र ३ महिला गरी ७ जना, खजुराका २ जना पुरुष, बैजनाथका १ महिला, राप्तिसोनारीका १ पुरुष, जानकीका १ पुरुष, नरैनापुरका १ पुरुष गरी ३७ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *