Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

गाई काट्ने, तस्करी गर्नेमाथि तत्काल कार्यवाहीको माग गर्दै राप्रपा नगरअध्यक्ष केसीद्वारा बुझाईयो ज्ञापनपत्र

गाई काट्ने, तस्करी गर्नेमाथि तत्काल कार्यवाहीको माग गर्दै राप्रपा नगरअध्यक्ष केसीद्वारा बुझाईयो ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ मंसिर – दैनिक रुपमा राष्ट्रिय जनावर गाई काटिने कार्य हुन लागेपछि राप्रपा नेपालका नगर अध्यक्ष हुकुम केसीसहितको टीम जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको गाईलाई बाँके जिल्लाको विभिन्न स्थानहरुमा काट्ने, तस्करी गर्ने लगायत कार्य तत्काल रोक्न तथा यसकार्यमा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न ज्ञापनपत्रमा मांग गरिएको नगर अध्यक्ष केसीले बताएका छन् । राप्रपा नगर अध्यक्ष केसीका अनुसार पटक पटक प्रशासनलाई गुहार गरिएको तथा अब पनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नभएको अवस्थामा हामी आफै कानून हातमा लिन बाध्य हुने चेतावनी समेत दिएका छन् । राप्रपा नगर अध्यक्ष केसीको टिमद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालको संविधान तथा प्रचलित कानुनले राष...
जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ४ महिला सहित ५७ जनाले गरे रक्तदान

जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ४ महिला सहित ५७ जनाले गरे रक्तदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ मंसिर – गोपाल–नीना फाउण्डेसन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६७ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ४ जना महिला सहित ५७ जनाले रक्तदान गरेका हुन् । “रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६७ औं श्रृङ्खला”मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकि अध्यक्ष दिला शाह, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिक...
लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्तरक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्तरक्रिया

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २५ मसिंर – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेको डुडुवा गाउँपालिकाले सचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपालिकाको ६ वटै वडाबाट रयालीसहित आएका महिलाहरुको समुहले लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देश प्रवाह गरेका छन । विभिन्न टोलबाट आएका महिलाहरुको रयाली पश्चात गाउँपालिका कार्यालय पुगेर अन्र्तक्रियामा परिणत भएको गाउँपालिकाका लिलावती यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा अधिबक्ता प्रहलादबहादुर कार्कीले महिला हिंसा विरुद्धको कानूनी उपचार सेवा, संविधान, तथा विभिन्न कानूनी प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागि महिलाहरुले कानुनी प्रक्रिया, कानुनको कार्यन्वयन र जटिलताका बारेमा आ–आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले समुदायमा लैङ्गिक हिंसाका घटनाहरु विभिन्न कारणले भईरहेकाले विशेष गरी पुरुषहरुमा सचेतनाको आवश्यकता रहेको बताएका ...
जानकीद्वारा कम्प्युटर र प्रीन्टर हस्तान्तरण

जानकीद्वारा कम्प्युटर र प्रीन्टर हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज-२४ मंसिर - जानकी गाउँपालिका बाँके र जानकी गाउँपालिका वडा नं. - ३ इन्द्रपुरको आर्थिक सहयोगमा जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा प्रवाहमा असहज भएकाले कम्प्युटर र प्रीन्टर प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा जानकी गाउँपालिका बाँकेले जिल्ला अदालत बाँके, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालयका साथै जानकी गाउँपालिका वडा नं. - ३ इन्द्रपुरले ईलाका प्रहरी कार्यालय खजुरा खुर्दलाई कम्प्युटर र प्रीन्टर प्रदान गरिएको छ । जानकी गाउँपालिकाल अध्यक्ष छब्बन खान, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले संयुक्तरुपमा जिल्ला अदालत, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय सहित ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाएर १/१ थान कम्प्युटर र १/१ थान प्रिन्टर हस्तान्तरण गरिएको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अदालतमा तोड...
रोयल ईनफिल्डको हन्टर ३५० आजदेखि नेपालगन्ज बजारमा (फोटोफिचरसहित)

रोयल ईनफिल्डको हन्टर ३५० आजदेखि नेपालगन्ज बजारमा (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २४ मंसिर – रोयल ईनफिल्डको हन्टर ३५० को नयाँ रंग, फिचर र शैलीसहित नेपालगन्ज बजारमा आजदेखि बिक्री शुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट तथा रोयल ईलफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको नयाँ फिचरसहितको रोयल ईलफिल्ड खरीद गर्न एकजनाले आजै बुकिंग समेत गरेका छन् । नयाँ फिचरसहितको रोयल ईनफिल्ड उद्घाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर बिष्टले रोयल ईनफिल्डले बजारमा आफ्नो प्रभुत्व जमाउन सक्ने तथा यस बाईकको सम्पूर्ण पार्टसहरु समेत शोरुमबाटै उपलब्ध हुने भएकोले बजारमा स्थापित हुन सक्ने शुभकामना व्यक्त गरेका थिए । रोयल ईलफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले आज लंच गरिएको नयाँ फिचरसहितको हन्टर ३५० बारे जानकारी गराउनु भएको थियो । एमडी सिंहका अनुसार मिड साईज मोटरसाइकल समूह (२५–७५० सीसी)...
ब्रिनोजद्वारा ७ सय ८४ जनाको निःशुल्क कान जाँच

ब्रिनोजद्वारा ७ सय ८४ जनाको निःशुल्क कान जाँच

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ७ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ । उक्त ७ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएकोमा ७ सय ८४ जना कानका बिरामीहरुले स्वास्थ्य सेवा लिएको वरिष्ठ कान जाँच सहायक सिता चौधरीले जानकारी गराउनुभयो । वरिष्ठ कान जाँच सहायक सिता चौधरीले दिएको जानकारी अनुसार गुलरियाको विभिन्न ७ वटा स्थानहरुमा मंसिर १५ गतेदेखि आज मंगलबार २३ गतेसम्म ३ सय १७ जना पुरुष, ४ सय ६७ जना महिला गरी जम्मा ७ सय ८४ जना कान बिरामीहरुको निःशुल्क कान जाँच गरिएको थियो । जस मध्ये कान पाक्ने बिरामीहरुमा १ ...
नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
रमेश कुमार बोहोरा मितिः २०८२ मंसिर २१ गते, आईतबार नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ । कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ । बितेका सात दशकको राजनीतिक यात्र...
सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर – जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालको चौथो वार्षिकोत्सवको शनिबार सम्पन्न अधिवेशनबाट सञ्जय अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास नेपालगन्जको शनिबार सम्पन्न चौथो वार्षिकोत्सवमा नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरिएको थियो । त्यसैगरी चयन गरिएको कार्यसमिति उपाध्यायमा कुशम दुगड, सचिवमा भावना सापकोटा, कोषाध्यक्षमा दीपिका थापा अधिकारी रहेका छन् भने सदस्यहरुमा क्रमशः दिपक अग्रवाल, कृष्णा ओली, नितेश कनोडिया, शारदा बस्नेत, राजकुमारी साहु, रेखा बोथरा, नन्दलाल वैश्य, प्रिन्सु जैन, किशोर पाण्डे, सुमन गिरी, राजा तिमिल्सिना, बबिता मैनाली तथा निवर्तमान अध्यक्षः आशिष अग्रवाललाई चयन गरिएको छ । यसैगरी सल्लाहकारहरुमा द्रुव वैश्य, सञ्जय थापा, प्रदीप कुमार छाजेड तथा जिल्ला सद...
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न

क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ मंसिर – क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बसपार्क स्थित कार्यालयको आज एक कार्यक्रमका बीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गर्नुभएको हो । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताउनुभयो । उहाँले पत्रकार महिलाहरुलाई एकठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गर्नुभयो ।आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुझऋषी चौलागाइले क्रि...
कृष्णानगरमा बहादुरगंज आँखा अस्पतालको नयाँ सेवा सञ्चालन, मंसिर २६ सम्म निःशुल्क आँखा परीक्षण

कृष्णानगरमा बहादुरगंज आँखा अस्पतालको नयाँ सेवा सञ्चालन, मंसिर २६ सम्म निःशुल्क आँखा परीक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १९ मंसिर - नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगरपालिका–१, कृष्णनगर बजारमा नयाँ व्यवस्थापन सहित ‘आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय तहमा सहज, गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही मंसिर २० गतेदेखि केन्द्रको नियमित सेवा प्रारम्भ हुने छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । सेवा प्रारम्भसम्बन्धी नेपाल नेत्रज्योति संघका आजीवन सदस्य नसरुल्लाह खान, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, अस्पताल प्रशासन प्रमुख डा.शमशेर थापा, वरिष्ठ प्रशासक जसराज विश्वकर्मा तथा सूचना अधिकृत बन्तुराम खड्काद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो । नवसञ्चालित सेवा केन्द्रमार्फत आँखा उपचार, परामर्श सेवा, नि...