Saturday, June 27सत्यम खबर
Shadow

खेल

वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुद मन्त्री अथक

वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौं, ७ मंसिर - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडी बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताउनु भएको हो । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय कै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले न्युन मात्रामा बजेटको ब्यवस्था गरेको प्रति असन्तुष्टि ब्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको हो । खेल क्षेत्र मै आफ्नो उर्जावान समय बिताएका खेलाडीहरुलाई राज्यले उचित ब्यवस्थापन गर्...
“राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, विभिन्न खेल संरचनाको अनुगमन”

“राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, विभिन्न खेल संरचनाको अनुगमन”

खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नु भएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक आज काठमाण्डौं फर्किदैं हुनुहुन्छ । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुग्नु भएका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त हुनुभयो ।मंसिर ३ गते बेलुका नेपालगन्ज पुग्नुभएका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी हुनु भएको थियो । प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्प्रधिहरुसँगै दौडनु भएको थियो । तिन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभयो । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा...
प्याब्सनद्वारा युवा तथा खेलकुद मन्त्रीलाई सम्मान

प्याब्सनद्वारा युवा तथा खेलकुद मन्त्रीलाई सम्मान

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ मंसिर - नेपालगन्ज प्याब्सनले आज युवा तथा खेलकुद मन्त्रीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिधालय सह परिक्षा नियन्त्रक सुमन गौतम, एन प्याब्सनका कुसुम रानाभाट कार्यक्रममा अतिथी ईस्वर पोख्रेलले निजि क्षेत्रलाई सरकारले विशेष ध्यान दिनु पर्ने र लगानी मात्र नभैइ निजि क्षेत्र भनेको युवाहरुको रोजगारिताको सम्भावना बोकेको हुनाले निजि प्रती निकै सहज बन्नु पर्ने बताउनु भयो । खेलकुद र विद्यार्थी एक अर्काको परिपुरक भएको र शिक्षा सङ्गै खेल्कुदका लागि पनि जोड दिनु पर्ने उनले बताए । कार्यक्रममा स्वागत मन्तव्य नरेन्द्र श्रेष्ठले राखेका थिए भने कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य सुनिलकुमार गुप्ता, एनप्याब्सन कुस...
नेपालगन्ज म्याराथनको उपाधि एपीएफका बोगटीले जिते

नेपालगन्ज म्याराथनको उपाधि एपीएफका बोगटीले जिते

आर्थिक, आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ मंसरि – धारा सातौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन् । योसँगै उनले एक लाख रूपैयाँ पुरस्कार जिते । किरण गत दक्षिण एसियाली खेलकुद (साग) मा ४२ किलोमिटर म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका खेलाडी हुन् ।बोगटीलाई पछ्याएका नेपाली सेनाका नरेन्द्र रावलले उपविजेतामा चित्त बुझाए । रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरे । उनले ५० हजार नगद पुरस्कार पाएका छन् । तेश्रो स्थानमा एपिएफ कै सन्तोष बिष्ट भएका छन । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन् ।यसैगरी, नेपालगन्ज हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् । एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा हाफ म्याराथन पूरा गरेकी उनले ५१ हजार पुरस्कार पाइन् । उनी पनि १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजे...
महिला क्रिकेट एकेडेमीको शिलान्यासका लागि गृहजिल्ला आउँदै खेलकुद मन्त्री अथक

महिला क्रिकेट एकेडेमीको शिलान्यासका लागि गृहजिल्ला आउँदै खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ३ मंसिर – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके आउने भएका छन् । बुद्ध एयरको प्लेनबाट बेलुका ६ बजे मन्त्री अथक गृहजिल्ला आउन लागेको जानकारी गराईएको छ ।बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासका लागि मन्त्री अथक गृहजिल्ला आउन लाग्नु भएको हो । त्यस क्रममा मन्त्री अथकले भोली शनिबार नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्ला भित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुका साथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ ।मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरे लगत्तै मन्त्री अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गर्नु भएको थियो । आईत...
नेपालगन्जमा शनिबार ७ औं म्याराथन, १० हजार सहभागिता हुने अपेक्षा

नेपालगन्जमा शनिबार ७ औं म्याराथन, १० हजार सहभागिता हुने अपेक्षा

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २ मंसिर – बाँकेबासीले आफ्नो सहभागिता दरो रुपमा गराए अन्तर्राष्ट्रिय लेबलमा ७ औं धारा नेपालगन्ज म्याराथानलाई चिनाउन सक्ने बताईएको छ । मंसिरको पहिलो साता पर्ने शनिबार ४ गते बिहान आयोजना हुन गईरहेको धारा नेपालगन्ज ७ औं म्याराथनमा राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।बाँकेबासीबाट १० हजार बढीको सहभागिता रहने अपेक्षा रहेको बताउँदै त्यसो हुन सके नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने सकिने आयोजकद्वारा जनाईएको छ । २०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिंदै नेपालगन्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगन्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा विभिन्न निजि क्षेत्रको सहयोगमा यस पटकको नेपालगन्जमा ७ औं राष्ट्रिय नेपालगन्ज म्याराथन सम्पन्न हुने भएको हो ।शनिबार सम्पन हुने म्...
रारा म्याराथन वैशाख ११ मा

रारा म्याराथन वैशाख ११ मा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ कार्तिक - लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए । ‘यस क्षेत्र कै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेष गरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफ्नैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’ अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसल कै अग्रणी संस्था हो । १५ वर्षदेखी अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट...
चीनका पूर्वउपराष्ट्रपतिले महिला खेलाडीको बलात्कार गरेको खुलासा

चीनका पूर्वउपराष्ट्रपतिले महिला खेलाडीको बलात्कार गरेको खुलासा

अपराध, खेल, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ कार्तिक - नेपालको उत्तरी छिमेकी एवं संसारमा उत्कृष्ट कम्युनिस्ट मोडल मानिने चीनको असली मुखुण्डो उत्रिएको छ । विकास र समृद्धिका लागि उदाहरणीय मानिए पनि मानव अधिकार र जनताको मौलिक हक अधिकारका मामिलामा भने निरंकुश चीनमा कतिसम्म मानिस दुख पाएका छन् भन्ने हालैको घटनाले देखाएको छ । हाइ प्रोफाइल महिला खेलाडीकै बलात्कारले चीनमा कति चेलिबेटी कम्युनिस्ट नेताबाट बलात्कृत भएका छन् र उनीहरुको आवाजलाई कम्युनिस्टको नाममा कसरी दबाइएको छ भन्ने देखाउँछ । चीनकी प्रभावशाली टेनिस खेलाडीले अवकाशप्राप्त चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताले यौन उत्पीडन गरेको खुलासा गरेकी हुन् । कम्युनिस्ट रजगज चल्ने चीनमा कम्युनिस्ट नेताको अपराधविरुद्ध बोल्ने हिम्मत गर्ने यी खेलाडी पहिलो हुन् । विन बल्डन र फ्रेन्च ओपन डबल टेनिसकी पूर्व विजेता पेङ सुवाईले चिनियाँ सामाजिक सञ्जालमा पूर्वउपराष्ट्रपति ...
भारतसँग ६६ रनले अफगानिस्तान पराजित

भारतसँग ६६ रनले अफगानिस्तान पराजित

आस्था, खेल, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, (एजेन्सी) १८ कार्तिक - टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ । यस प्रतियोगितामा भारतले अहिलेसम्म पाकिस्तान र न्युजिल्याण्डसँगको खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा यो खेल जित्नु भारतका लागि निकै महत्वपूर्ण थियो । पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर २१० रन बनाएको थियो भने अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सकेको थियो । भारत सुपर १२ को समूह २ मा छ । यस समूहबाट पाकिस्तान यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतले स्कटल्याण्ड र नामिबियासँग थप सामना गर्नुपर्नेछ। यदि भारतले यी टोलीहरू विरुद्ध राम्रो रन रेटका साथ जित्यो भने भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ।...
खेलाडी तथा खेल पुर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव

खेलाडी तथा खेल पुर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव

खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिनुभएको छ । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो । उक्त कार्यक्रममा सहभागी पुर्व मन्त्रीहरुले मन्त्रालयबाट राम्रोसंस्कारको सुरुवात भएको धारणा राख्नुभयोे । युवा तथा खेलकुद पुर्व सह–मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरुमा विशेष जोड दिनुपर्ने बताउनुभयो । राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भएपनि ति सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याउन उहाँले सुझाव दिनुभयो । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्थापन गर्नुपर्ने र खेलाडीहरुको जिवन...