योगिनी माविका खेलाडीलाई जर्सी प्रायोजन
खजुरा, २८ फागुन – योगिनी मावि गौघाटलाई कालपृष्ठ दैनिकले जर्सी प्रायोजन गरेको छ ।चौथो खजुरा गाउँपालिका अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता खेल्ने खेलाडीको लागी खेल जर्सी प्रदान गरिएको छ ।शुक्रबार खजुरा–२ गौघाटमा भएको पत्रकार सम्मेलनमा कालपृष्ठका कार्यकारी निर्देशक कमल खत्रीले योगिनी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर पुन, प्रअ गगन खड्का, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई उक्त जर्सी हस्तान्त्रण गरेका हुन । कार्यक्रममा खत्रीले पुरुष र महिला खेलाडीका लागि २० थान जर्सी र ४० वटा शैक्षिक म्याग्जीन प्रदान गरेका थिए । कमल खत्री योगिनी माविका पुर्व विद्यार्थी हुन ।
खेलाडीको हौसला बढाउनका लागि जर्सी प्रायोजन गरेको कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक खत्रीले बताए । उनले भने, ‘योगिनी मावि म आफै पढेको विद्यालय हो । यहाँबाट मैले विद्यार्थी जीवनमा धेरै कुरा सिके...









