Saturday, June 27सत्यम खबर
Shadow

खेल

रेसिङ र कारकाँदो क्लब विजयी

रेसिङ र कारकाँदो क्लब विजयी

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – कोहलपुरको रेसिङ सहारा र कारकाँदो क्लबले बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन ।नेपालगन्ज रंगशालामा रेसिङले मिलन युवा क्लबलाई १–० ले हरायो । रेसिङका लागि विशाल चौधरीले ६३औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा कारकाँदोले ओसोनिक क्लबलाई १–० ले हराएको छ । कारकाँदोका लागि शंकर बुढाले १० औं मिनेटमा गोल गरेका थिए । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका ...
“खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय”

“खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय”

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाडौं, १८ फागुन – संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्देश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कार सम्बन्धि कार्यविधि तयार गर्न लागेको बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री अथकले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरुलाई २ करोड नगद राशीले सम्मानित गर्ने उद्घोष समेत गर्नुभयो । “मन्त्रालयले ओलम्पिक मेडलिष्ट खेलाडीलाई २ करोड नगदराशीले पुरस्कृत गर्ने गरी कार्यविधि बनाईरहेको छ”, मन्त्री अथकले भन्नुभयो, “उक्त राशी बढाउन थप प्रयास गर्नेछु ।”नेपाली खेलाडीहरुले पछि...
जय किसन र युनाइटेडको जित

जय किसन र युनाइटेडको जित

आस्था, खेल, प्रदेश ५, समाचार
नेपालगन्ज, १८ फागुन – न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन् । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए ।नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो । युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब,...
ओशोनिकको दोस्रो जित

ओशोनिकको दोस्रो जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ फागुन - ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–० ले हरायो । ओशोनिकका लागि किरण रोका मगरले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा धम्बोझीका दिपेन्द्र शाही ठकुरी घाइते भएर एम्बुलेन्समा राखेर अस्पताल लग्नु परेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा ओशोनिकका तेज मगर र गोविन्द खड्काले तथा धम्बोझीका हेमन्त ओलीले पहेलो कार्ड पाएका थिए । यसैगरी सोमबार नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा कारकाँदो र रेसिङ सहाराबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले १–१ अंक बाडे । त्यस्तै लगातार दुइ खेल जितेको ओशोनिकले ६ अंक जोडेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले...
युनाइटेड युथ क्लब विजयी

युनाइटेड युथ क्लब विजयी

आस्था, खेल, प्रदेश ५, समाचार
नेपालगन्ज, १५ फागुन – बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा आईतबार युनाइटेड युथ क्लबले जित हासिल गरेको छ । युनाइटेडले नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गा युवा क्लबलाई ४–० ले पराजित गरेको छ ।युनाइटेडका लागि विभुषण केसीले २ गोल, संजय सुनार र प्रकाश बमले समान १–१ गोल गरे । विभुषणले ३५आंै र ४५औं मिनेटमा गोल गरेका थिए । संजयले ३२औं र प्रकाशले ६८औं मिनेटमा गोल गरे । यसैगरी आइतबारको अर्को खेलमा बुद्ध युवा क्लब र मोडेल टिमबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बुद्धको तर्फबाट रितेश सिंह ठकुरीले गोल गरेका थिए भने मोडेलका अनिस कुमार सुनारले एक आत्मघाती गोल गरे ।बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गतेसम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए...
फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो : मन्त्री अथक

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, समाचार
धनगढी, १४ फागुन - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो “ड्रिम प्रोजेक्ट” रहेको बताउनुभएको छ । शुक्रबार कैलालीको धनगढी पुग्नु भएका मन्त्री अथकले सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताउनु भएको हो । धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरीएको जानकारी दिनुभयो । हालै मात्र मन्त्रि परिषदको बैठकबाट मैदान निर्माणका लागि स्वीकृति प्राप्त भएको बताउँदै मन्त्री अथकले १५ अरव रकम लागत अनुमान गरिएको समेत जानकारी दिनुभयो । भौगोलिक उपलब्धता प्रयाप्त भएको फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउँदै मन्त्री अथकले भन्नुभयो, “जमिनको उपलब्धताले यो नै नेपाल क...
ओशोनिक क्लबको विजयी सुरुआत

ओशोनिक क्लबको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १४ फागुन - धम्बोझी क्लब र कारकाँदोले शनिबारदेखी सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३–० ले हरायो । नेपालगन्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ गोल गरे । क्षितिजले २५औं मिनेट, गोविन्दले ४५ र गणेशले ५०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा धम्बोझी र कारकादो बिचको खेल १–१ को बराबरीमा सकिएको छ । धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए । पछि कारकाँदोका सृजन बकीले ५१औं मिनेटमा गोल गर्दैं खेल बराबरीमा लगेका थिए । आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको शनिबार एक समारोहमा बिच बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए । उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय खेलकुद विक...
महिला भलिबल खेलाडी नगदसहित सम्मानित

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, २१ माघ – नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले “बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप” विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्नुभएको हो । गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गर्नुभएको थियो । मन्त्री अथक कै पहलमा पौष १४ गते बसेको मन्त्री परिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो । ...
फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, २१ माघ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभएको हो ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्र्तिक १ गते बसेको मन्त्री परिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल ...
नेपाल पेनकेक सिलात मार्शल आर्ट बाँकेको अध्यक्षमा कार्की आकाश कसौधन

नेपाल पेनकेक सिलात मार्शल आर्ट बाँकेको अध्यक्षमा कार्की आकाश कसौधन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ माघ - नेपाल पेनकेक सीलात मार्शल आर्ट खेलकुद को संगठन बाँके मा विस्तार भएको छ । बैठकले अर्जुन कार्की को नेतृत्व मा सचिव भीम बहादुर नेपाली उपाध्यक्ष इमाम खाँ र कोषाध्यक्ष आकाश गुप्ता लगायत ९ जनिये समिति गठन गरेको छ । बैठक अखिल क्रान्तिकारीका केन्द्रीय नेता ताराप्रसाद खत्री यस खेलका प्रशिक्षक गोविन्द चौधरी र यस खेलका बर्दिया जिल्ला उपाध्यक्ष खिमबहादुर खड्काको विशेष उपस्थितिमा बसेको थियो ।...