खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने
काठमाण्डौं, २१ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन् ।काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री अथकलाई दिएको निम्तो स्वीकार गर्नुभएको हो ।
एन्फाका अनुसार आज मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन् ।...









