बाँके भलिबलको नेतृत्वमा चन्द
नेपालगन्ज, ८ असार - बाँके जिल्ला भलिबल संघको अधिवेशनले चिरन्जीवी चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधवार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्द यसअघि उपाध्यक्ष थिए ।
संघको उपाध्यक्षमा रीता कोइराला, महासचिव यमनारायण महतो, कोषाध्यक्ष सुमनसिंह बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । सदस्यहरुमा पुर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भए । प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ ।
नेपाल भलिबल संघका सचिव एवं केन्द्रिय प्रतिनिधि भिम ओलीको बिशेष उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाको बिशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशन भेलामा पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पुर्व अग्रज खेलाडी एवं प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थिय...









