Saturday, June 27सत्यम खबर
Shadow

खेल

सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार

सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेट चलिरहेको छ। नोभेम्बर ५ को दिन वर्तमान विश्व क्रिकेटका सर्वोत्कृष्ट क्रिकेटर विराट कोहलीको जन्म दिन थियो। उनलाई विश्वभरका लाखौँ क्रिकेटरले शुभकामना दिए। करोडौँ क्रिकेटप्रेमीका लागि उनी रोलमोडल हुन्। अष्ट्रेलियामा रहेका कोहलीले विभिन्न जन्मदिन विशेष कार्यक्रममा सरिक भए। तर उनले आफ्नो जन्मदिन आफैँ मनाउन भने सकेनन्। बीसीसीआईले पनि उनको जन्मदिन विशेष मनाउन पाएन। कारण थियो, विश्वकप क्रिकेट। भोलिपल्ट मात्रै थाहा भयो, कोहलीले टी–ट्वान्टी विश्वकप ट्रफी उचालेपछि मात्रै जन्मदिन मनाउने घोषणा गरेका रहेछन्। तर त्यो उनको सोच र घोषणा भने घोषणामै सीमित भयो। कोहली यसै विश्वकपदेखि ३४ वर्ष लागेका छन्। तर पनि उनी क्रिकेटका तीन वटै संरचनामा उत्तिकै उत्कृष्ट छन्। त्यही अनुसार ब्याटिङ गरिरहेका छन्। अष्ट्रेलिया विश्वकपमा उनले सर्वाधिक रन बन...
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचिमा

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचिमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टर नेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथनलाई एम्सको वेभसाइट (https://aims-worldrunning.org/calendar.html) मा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलि दिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलो पटक नेपालगन्ज, लुम्बिी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने–‘सायद देश प्रेम भनेको यही रहेछ, विश्व समुदाय मा...
भारत जिताउने कोहली पाकिस्तानविरुद्ध धुम मच्चाउँदै

भारत जिताउने कोहली पाकिस्तानविरुद्ध धुम मच्चाउँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
‘जसले कहिल्यै बिर्सन नसकिने उत्कृष्ट पारी खेले’काठमाण्डौ, ७ कार्तिक – आइसीसीले अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गर्दा विराट कोहलीलाई वर्तमान विश्व क्रिकेटकै सबैभन्दा ठूलो सुपरस्टारको रुपमा प्रस्तुत गरेको थियो । सोहीअनुसार अष्ट्रेलियाका विभिन्न सहरमा कोहलीको ठूला ठूला पोस्टर राख्न थालियो पनि । तर त्यतिबेला कोहली भारतीय टिममा पर्छन् कि पर्दैनन् भन्नेमा धेरैलाई आशंका थियो । स्वयंम कोहली पनि विश्वकप खेल्छु भन्नेमा ढुक्क थिएनन् । मुख्य कारण थियो, उनको फर्म । उनी लगातार रन बनाउन असफल भइरहेका थिए । सन् २०१९ पछि त उनले कुनै पनि खेलमा शतक बनाउन सकेका थिएनन् । यद्यपी उनले खेलेका धेरे खेलमा अर्धशतक बनिरह्यो । जसले कोहलीलाई ठूलो अर्थ राख्दैन । कोहली भनेकै किङ । अर्थात जुनसूकै खेलमा पनि शतक हान्न सक्ने विश्वकै उत्कृष्ट क्रिकेटर । सचिन तेन्दुकरपछि कोहलीको व्...
सन् २०२३ मा भारतले पहिलो पटक ‘MotoGP’ को रेस आयोजना गर्ने

सन् २०२३ मा भारतले पहिलो पटक ‘MotoGP’ को रेस आयोजना गर्ने

आस्था, खेल, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ५ कार्तिक – भारतले २०२३ मा पहिलो पटक मोटोजीपी दौड मञ्च आयोजना गर्दैछ । आयोजकहरूले शुक्रबार यस विषयमा जानकारी दिंदै यसअघि फर्मुला वानको रेस अयोजना गरेको ट्याकमा यस मोटोजीपी रेस पनि आयोजना हुने बताएका छन् । दौड नयाँ दिल्लीको दक्षिणमा उत्तर प्रदेशको बुद्ध इन्टरनेशनल सर्किटमा हुने तय भएको छ । भारतमा हाम्रा धेरै फ्यानहरू छन् र हामी उनीहरूमा खेलकुद ल्याउन पाउँदा उत्साहित छौं, मोटोजीपी आयोजक डोर्नाका प्रमुख कार्यकारी कार्मेलो इजपेलेटाले एक विज्ञप्तिमा भनेका छन् ।...
स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट

स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पोखरा, ३ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिनुभएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहिबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुग्नुभएको हो । दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिदै परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । “खेलाडी निसिम थापाको निधनबाट राष्टूलाई ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु” मन्त्री गहतराजले भन्नुभयो । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वर्ण पदक प्रदान गर्नुभएको छ ।पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको श...
जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – पश्चिम नेपालको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ ।कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो । मंगोलियन क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले मंगोलियन जुडो क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गरेका थिए ।नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको कालपृष्ठ दैनिकले यस वर्ष आफनो स्थापनाको २५औं वर्ष मनाउने तयारी गरिरहेको छ ।रजत जयन्त अघि खेलक्षेत्रका व्यक्तिको सम्मान र हौसला बढाउन सहयोग गरिएको कालपृष्ठ दैनिकका प्...
नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ असोज – नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश (एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।“हिजो बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।” नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने– “चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।” एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेतरोड स्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । वल्र्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।नेपालगन्ज उपमहानगरपालिकादेखि सुरु भइ...
प्रथम एन.आर.एन. राष्ट्रिय कराँते प्रतियोगिता सुरु

प्रथम एन.आर.एन. राष्ट्रिय कराँते प्रतियोगिता सुरु

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ ।शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैर आवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताउनु भएको हो । बिभिद कारणले विदेशी भुमीका रहेका नेपालीहरु बिच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।आसन्न...
खेलकुदमा राजनिती नगरौं : मन्त्रीअथक

खेलकुदमा राजनिती नगरौं : मन्त्रीअथक

आस्था, खेल, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीती नगर्न आग्रह गर्नु भएको छ । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नु भएको छ ।काठमाडौंको बबर महलस्थित कार्की ब्याङक्वेटमा आज बुधबार देखी सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुद मै केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको हो । खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनैतिक विचलनतर्फ ईगित गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रित हुनु होस, राजनिति गर्ने त विभिन्न पार्टी छदैंछन नि”नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको ब...
साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, २२ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।प्रतियोगिता उद्घाटनका लागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षा कै बिचमा प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नु भएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए । मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु ख्ेलाउन सुरु गरीएको छ । जस अन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच सम्पन्न भएक...