Sunday, April 26सत्यम खबर
Shadow

खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

काठमाण्डौं, २१ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन् ।
काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ ।


एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री अथकलाई दिएको निम्तो स्वीकार गर्नुभएको हो ।

एन्फाका अनुसार आज मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *