मेयर कप : राम जानकी मावि, लक्ष्मी मावि र सुर्योदय मावि विजयी
नेपालगन्ज, १६ माघ – राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा सोमबार जित हासिल गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भएको खेलमा राम जानकी माविले सहजै ब्राइटल्यान्ड स्कुललाई ११–१ ले पराजित गरेको छ । राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गर्नु भएको थियो ।
राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४औं र ३२औं मिनेटमा गोल गर्नु भयो । टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गरी दुई गोल गर्नु भयो । यसैगरी रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गर्नु भयो । ब्राइट ल्यान्डको तर्फबाट तिन मिनेटमा एउटा आत्मघाति गोल भएको थियो ।यसैगरी रा...









