Saturday, June 27सत्यम खबर
Shadow

खेल

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ असार – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो। दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनत...
मिलन र कोहलपुरको जितसँगै लिग चरणको समिकरण पुरा

मिलन र कोहलपुरको जितसँगै लिग चरणको समिकरण पुरा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, १० असार – मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेका छन् ।आइतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा मिलन युवा स्पोर्टस क्लबले कारकादो युवा स्पोर्टस क्लबलाई १–० ले हरायो । मिलनको जितमा दिक्षान्त गिरीले गोल गरेका थिए । उनले खेलमा प्लेयर अफ द म्याचको पुरस्कार जिते । यसैगरी अर्को खेलमा कोहलपुर रेसिङ सहारा क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ । नवदुर्गाको जितमा ईश्वर श्रेष्ठले २ गोल र विपिन सिंजाली मगरले १ गोल गरे । विपिनले ५ मिनेट र ४४औं मिनेटमा गोल गरेका थिए । विपिनले ३३औं मिनेटमा गोल गरे । खेलमा ईश्वर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।आइतबारको दुई खेल सँगै लिग चरणको खेल सकिएका छन् । अब मंगलबार देखि नकआउट चरणको खेल सुरु हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।प्रतियोगिता अन्तर्गत मं...
धम्बोझी क्लबको सहज जित

धम्बोझी क्लबको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, ९ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।आईतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेमबहादुर सुनारले २ गोल र क्षितिज थापा मगरले १ गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्रेमले २४औं र ४१ औं मिनेटमा गोल गरेका थिए । क्षितिजले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच प्रेमलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कृत गरे ।बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्...
न्यु डाँफे स्पोर्टस क्लबको जित

न्यु डाँफे स्पोर्टस क्लबको जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, ५ असार – न्यु डाँफे स्पोर्टस क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेको छ ।मंगलबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा न्यु डाँफेले रोयल नेपालगन्ज फुटबल क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि अभय थापाले २८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलमा थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी ओशोनिक क्लब र जय किसान स्पोर्टस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको छ । खेलमा जय किसानका मिलन बाठा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब र...
कोहलपुर रेसिङ सहाराको सहज जित

कोहलपुर रेसिङ सहाराको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, ४ असार – कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सोमबार भएको खेलमा कोहलपुर रेसिङ सहाराले कारकादो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गरेको छ ।बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गर्नु भयो । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६० औं मिनेटमा गोल गर्नु भएको थियो । कारकाँदोका लागि सुदिप केसीले ५२ औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्रीनाथ सापकोटाले पुरस्कार प्रदान गर्नु भएको थियो । यसैगरी सोमबार भएको अर्को खेलमा ...
रोयल र न्यु डाँफे विजयी

रोयल र न्यु डाँफे विजयी

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
कोहलपुर, ३ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा रोयल नेपालगन्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्टस क्लबले आईतबार जित हासिल गरेका छन् ।कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले २ गोल गरे । उनले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका अविशेख यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । आइतबार बिहान भएको खेलमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरे । चन्द खेलको प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए ।असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब,...
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल सुरु

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबार देखी सुरु भएको छ । कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ । साविक विजेता नेपालगन्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लबबिचको खेल १–१ को बराबरीमा सकिएको हो ।खेलको २५औं मिनेटमा धम्बोझीका क्षितिज थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर कोहलपुर रेसिङका ईश्वर श्रेष्ठले ५१औं मिनेटमा गोल गदैं खेल बराबरी गरेका थिए । खेलमा कोहलपुर रेसिङ सहाराका गोलकिपर सलोन परियारले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गरे । उनलाई अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना र कोहलपुर गोल्ड कपका संयोजक रामबहादुर मल्ले पुरस्कृत गरेका थिए । बाँके जिल्ला फुटबल संघको आयोजनामा कोहलपुरमा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ क्लबको सहभागिता रहेको छ । शनिबार एक समारो...
शनिबारदेखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै

शनिबारदेखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबार देखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुदैछ ।कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगन्जको धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ । असारको १३ गते सम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ९ क्लबको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् ।यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उपविजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।दुइ स...
भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ। बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो। १११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे। अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए। उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्। दुवेले ३५ बलको सामना गर्दै एकएक चौका र छक्काको मदद्तमा नटआउट ३१ रन बनाए। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए। अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए। यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस...
जिल्ला व्यापी नकआउट फुटबलमा नेपालगन्ज–११ च्याम्पियन

जिल्ला व्यापी नकआउट फुटबलमा नेपालगन्ज–११ च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २४ जेठ – नेपालगन्ज–११ स्पोटिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । नकआउट प्रतियोगिताको विजेता बन्दैं नेपालगन्ज–११ बाँके जिल्ला फुटबल संघको ए डिभिजन क्लबमा प्रवेश गरेको छ ।बुधबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले न्यु दपर्ण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को जितमा विपिन थापामगरले २ गोल, सुमित थापा, प्रेमबहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोल गर्नु भएको थियो । सुमितले सुरुआतमै ७ मिनेटमा, प्रेमले १८ औं मिनेट, लक्ष्मणले ४९ औं मिनेट, विपिनले ६२ औं र ६८ औं मिनेटमा गोल गर्नु भयो ।प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उपमेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही...