Wednesday, December 11सत्यम खबर
Shadow

धम्बोझी क्लबको सहज जित

कोहलपुर, ९ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।
आईतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेमबहादुर सुनारले २ गोल र क्षितिज थापा मगरले १ गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्रेमले २४औं र ४१ औं मिनेटमा गोल गरेका थिए । क्षितिजले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच प्रेमलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कृत गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।


लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उपविजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।


बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा मिलन युवा स्पोर्टस क्लब र कारकादो युवा स्पोर्टस क्लबबिच हुनेछ । अर्को खेलमा नवदुर्गा युवा क्लब र कोहलपुर रेसिङ सहारा क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *