Saturday, June 27सत्यम खबर
Shadow

खेल

एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, २१ जेठ – एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।आईतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । बेलुका भएको खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४–० ले हरायो । अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।आइतबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४० औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर सिटी युथका क्षितिज थापा मगरले ४८ औं मिनेटमा गोल गदै खेल बराबरी गनु भएको थियो । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर...
जिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगन्ज–११ को विजयी सुरुआत

जिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगन्ज–११ को विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० जेठ – बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा नेपालगन्ज–११ स्पोटिङ क्लबले विजयी सुरुआत गरेको छ । शनिबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को लागि सुमित थापाले २ गोल र भरतबहादुर घर्ती मगरले १ गोल गर्नु भएको थियो ।सुमितले खेलको २०औं मिनेट र ६१औं मिनेटमा गोल गर्नु भएको थियो । भरतले ६२औं मिनेटमा गोल गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्ला स्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ । शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । नगरप्रमुख आचार्यले कोलहपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पुर्वाधारसँग...
प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल, आईतवार स्वास्थ्य परीक्षण शिविर

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल, आईतवार स्वास्थ्य परीक्षण शिविर

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा शनिबार नेपालन्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेका थिए ।पहिलो खेलमा महिला पत्रकार र महिला उधमीबीच भएको खेलमा दबै टोलीले एक एक गोल गरेका थिए । महिला पत्रकारकोे तर्फबाट खेलको पहिलो हाफमा साबित्री गिरीले गोल गर्नु भएको थियो । यस्तै खेलको दोस्रो हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नुभयो । दबै टिमको खेल एकदमै रोमाञ्चक भएको थियो । यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले हराएको थियो ।शनिबार ...
आईपिएलको फाइनलमा कोलकाता र हैदरावादको प्रतिस्पर्धा : कस्तो छ हेड टु हेड ?

आईपिएलको फाइनलमा कोलकाता र हैदरावादको प्रतिस्पर्धा : कस्तो छ हेड टु हेड ?

आर्थिक, आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ जेठ – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुने भएको छ। भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो। हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो। यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ। यसअघि २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो। कोलकाता र हैदराबिच हुने यो सिजनको फाइनल प्रतिस्पर्धा आइतबार हुँदैछ। दोस्रो क्वालिफायरमा हैदरा...
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् ।यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनी सँगै थाइल्याण्ड गएका छन् । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा से...
हैदारावादमाथि चेन्नईको सानदार जित

हैदारावादमाथि चेन्नईको सानदार जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो। २१३ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रन बनाएर अल आउट भयो। हैदरावादलाई अल आउट गर्ने क्रममा तुसार देशपाण्डेले ४ विकेट लिए। मुस्ताफिजुर रहमान र मथिशा पाथिरनाले २/२ तथा रविन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट लिए। चेन्नईको कसिलो बलिङमा हैदरावादका ट्राविस हेड १३, अभिषेक शर्मा १५, हेनरिच क्लासेन २०, नितिश कुमार रेड्डी १५, अब्दुल शामद १९ र अनमोलप्रीत सिंह शून्य रनमा आउट भए। ऐडेन मक्रमले सर्वाधिक ३२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका प्रहार गरे। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेटको क्षतिमा २१२ रनको योगफल तयार पारेको थियो। त्यसक्रममा कप्तान रूतुराज ...
खेलकुदमा भारतका युवा स्टारको उदय

खेलकुदमा भारतका युवा स्टारको उदय

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
चेसमा १७ वर्षका गुकेशको सनसनी मनोज घिमिरे १३ बैशाख २०८१, बिहीबार चेसका १७ वर्षीय गुकेश डमराजु र क्रिकेटका मंयक यादव । तस्बिर : भारतीय सञ्चार माध्यम विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ। सन् २०२१ को टोकियो ओलम्पिकमा संसारका ठुला शक्तिलाई माथ खुवाउँदै ज्याभलिन स्टार चोपराले स्वर्ण पदक जितेका थिए। अहिले पनि संसारका शीर्ष खेलाडीको कोटीमा चोपरा यथावत छन्। तीन वर्षपछि भारतीय खेलकुदमा एउटा नयाँ स्टारको उदय भएको छ। १७ वर्षीय गुकेश डमराजुले हिकासु नाकामुरासँगको अन्तिम खेलमा बराबरी गर्दै वर्तमान च्याम्पियन डिङ लिरेनसँगको विश्व च्याम्पियनसिप भिडन्त पक्का गरे। विश्व चेसमा एकछत्र राज गरेका म्याग्नस कार्लसनले गत संस्मरण नखेल्ने निर्णय गरेपछि डिङ लिरेन विश्व च्याम्पियन बनेका हुन्। चेस खेलमा गहिराइसम्म भने भारतीय युवा खेलाडीकै प्रभाव देख...
रोहितको शतकका बाबजुद चेन्नईसँग हार्‍यो मुम्बई

रोहितको शतकका बाबजुद चेन्नईसँग हार्‍यो मुम्बई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ बैशाख – रोहित शर्माको शतकका बाबजुद चेन्नईसुपर किंग्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई चेन्नाईसँग २० रनले पराजित भएको हो। चेन्नाईले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि रोहित शर्मा शतक प्रहार गरी नट आउट रहे। उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरी १०५ रन बनाए। त्यस्तै तिलक बर्माले २० बलमा ५ चौका प्रहार गरी ३१ रनको जोडे। ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे। सूर्यकुमार यादव शून्य रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या २, रोमारियो शेफर्ड १ र टिम डेविड १३ रन बनाएर आउट भएका थिए। बलिङतर्फ चेन्नाईका मथिश पाथिरानाले ४ विकेट लिँदा तुशार देशपाण्डे र मुस्ताफिजुर रहमानले १ विकेट लिए। वाङ्खेडे स्टेडियममा...
आयोजक हिमालयन, बागमति र जिप्रका क्वाटर फाइनलमा प्रवेश

आयोजक हिमालयन, बागमति र जिप्रका क्वाटर फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २६ चैत – आयोजक हिमालयन सामुदायिक क्लब ‘बी’, बागमति युवा क्लब र जिप्रका बाँके दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।बाँकेको खजुरा गाउँपालिका धौलागिरीमा आइतबार भएको पहिलो खेलमा आयोजक हिमालयन सामुदायिक क्लबले एक्टिभ युवा क्लबलाई ५–० ले पराजित गरेको थियो । आयोजक टिमका लागि दिपेश घर्ती र मनोज मगरले २–२ गोल तथा प्रतिक सुनारले १ गोल गर्नु भयो ।दोस्रो खेलमा बागमति युवा क्लबले मानवी एफसीलाई १–० ले हरायो । बागमतिको लागि सचिन राना मगरले निर्णायक गोल गर्नु भएको थियो । यसैगरी आइतबार भएको तेस्रो खेलमा जिप्रका बाँकेले बद्रर एफसीलाई २–१ ले पराजित गरेको छ ।जिप्रका बाँकेको लागि सुदिप शाही र अनिल थारुले १–१ गोल गर्नु भयो । ब्रदर एफसीको लागि सुनिल खड्काले गोल गर्नु भएको आयोजक हिमालयन सामुदायिक क्लबका अध्यक्ष किरण थापाले बताउनु भयो । जनयुद्धका सहिद...
बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ चैत – बाँके जिल्ला फुटबल संघले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ ।संघले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको हो ।जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । बाँकेमा भएको छनोट फुटबलमा २ सय १५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताउनु भयो । त्यसमा १ सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनो...