प्रथम मेयर कप महिला तथा पुरुष ५ एसमा महेन्द्र पार्क क्लब र त्रिभुवन चोक क्लब प्रथम
नेपालगन्ज, ५ असार – नेपालगन्जमा शुक्रवार सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष ५ एस हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लब प्रथम भएका छन ।
पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँकेगाउँ क्लबलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै प्रथम हुन सफल भयो भने महिलातर्फ त्रिभुवन चोकले बाँके गाउँ क्लबलाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै प्रथम हुन सफल भयो ।
प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने, महिलातर्फ तनीसा अंसारी उत्कृष्ट खेलाडी घोषित भइन ।
त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ सर्बाधिक गोलकर्ता घोषित भईन भने पुरुषतर्फ ४ गोल गर्न सफल भएका रेहान अन्सारी सर्बाधिक गोलकर्ता घोषित भए । बिजयी खेलाडीहरुलाई समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ , प्रमुख अत...









