Friday, July 31सत्यम खबर
Shadow

कला/साहित्य

महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असोज – महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । पुस्तकालयको भदौ २८ र २९ गते सम्पन्न १७ औँ अधिवेशनबाट बलराम यादवको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई शनिबार निर्वाचन समितिले पदस्थापन गराएको छ ।निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा बधाई ज्ञापन कार्यक्रममा वीच निर्वाचन समितिका संयोजक अधिवक्ता लोकबहादुर शाहले कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरे भने सदस्य पूर्णलाल चुकेले निर्वाचितहरुलाई माला लगाएका थिए । शाहको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा उपाध्यक्षमा पंकज श्रेष्ठ, सचिव मणी अर्याल, सहसचिव ऋचा लुईँटेल, कोषध्यक्ष अजयकुमार टण्डन र सदस्यहरुले पथ तथा गोपनियतको सपथ लिएका थिए । पुस्तकालयका सदस्यहरुमा मीना सुवेदी ढकाल, ब्रिजेशबहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्धकी, अस्मिता ...
पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० भाद्र –पहिलो इन्डो-नेपाली द्विभाषी चलचित्रको रुपमा निर्माण भएको प्रेम गीत ३ को कलाकार प्रमोशनका लागि शुक्रबार कोलकाता पुगेका थिए । प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा हलमा रिलिज हुँदैछ । सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले र प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् । चलचित्रको प्रमोशनका क्रममा शुक्रबार चलचित्रका कलाकार भिक्टोरिया मेमोरियल पुगेका थिए । यो फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर – प्रेम गीत १ र २ निर्माण गरिसकेको छ।...
“इस जश्ने चरागों में खूँ दिल का जलाना है”

“इस जश्ने चरागों में खूँ दिल का जलाना है”

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र - बाँकेका उर्दू साहित्यकारहरुको साहित्यिक संगठन गुल्जार–ए–अदब बाँकेले आफ्नो मासिक गजल गोष्ठी महेन्द्र पुस्तकालयको सभाहलमा शनिवार सम्पन्न गरेको छ । गुल्जार–ए–अदब बाँकेको आयोजनामा सो गजल गोष्ठीमा उर्दू साहित्यकार तथा अदबका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, आदिल सर्वर नेपाली, सैय्यद असफाक रसूल हाशमी, अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, जमील अहमद हाशमी, मेराज अहमद हिमालय, जावेद शेष पुरी साहेब, कृष्णमुरारी प्रसाद भट्ट, शारुक कुरैशी, रासिद कुरैशी लगायतले “इस जश्ने चरागों में खूँ दिल का जलाना है” मिसरामा साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए । यसरी अदबले हरेक महिनाको अन्तिम शनिवारका दिन यस किसिमको गजल गोष्ठी गर्दै आई रहेका छ ।...
आजको शिक्षाले नै भोलीको सफल भबिश्य निर्धारण गर्ने

आजको शिक्षाले नै भोलीको सफल भबिश्य निर्धारण गर्ने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ भाद्र - बाँकेमा एसईई परिक्षा उर्त्तिण गरेर बसेका बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहजिकरण गर्ने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई पढाईका विषय तथा पुर्व तयारी कक्षा लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न गरेको हो । बाँकेमा एसईई परिक्षा उर्त्तिण गरेर बसेका २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक ढाकाराम लामिछानेले सहजिकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई कस्तो विषय कहाँ पढ्ने, बिद्यार्थीले पढाइमा इच्छा जगाउँन के गर्ने, तथा पुर्व तयारी कक्षा लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले पढाइलाई रुचि बनाएर पढ्ने गरे मात्र शिक्षा क्षेत्रमा सफल हुने बताउनु भएको थियो । युनाइटेड एजुकेशन...
गुल्मेली समाज सेवाद्वारा तीज कार्यक्रम

गुल्मेली समाज सेवाद्वारा तीज कार्यक्रम

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र –गुल्मेली समाज सेवा समिति, बाँकेको पाँचौं अधिवेशन तथा तीजको दर खाने कार्यक्रम आयोजना गरिएको छ । शनिवार सम्पन्न अधिवेशनले हरिलाल न्यौपानेको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।संस्थाका सल्लाहकार पूर्णलाल चुकेको अध्यक्षतामा निर्माण गरिएको अध्यक्ष मण्डलले चयन गरेको समितिको उपाध्यक्षमा भीमलाल कँडेल, सचिवमा हिम नाथ पौडेल र कोषाध्यक्षमा प्रदीप सापकोटालाई चयन गरेको छ । अध्यक्ष मण्डलको सदस्यमा संस्थापक अध्यक्ष लक्ष्मण गौतम र सल्लाहकार नारायण ज्ञवाली थिए । त्यसैगरि सदस्यहरुमा प्रकाश गौतम, निलम ज्ञवाली, आरती गौतम, बल बहादुर दगामी, कमला गौतम, महेश ज्ञवाली, ठगीराम भण्डारी, दुर्गाप्रसाद काफ्ले, राजकुमार सापकोटा, कुञ्ज मणि पोखरेल र झविलाल शर्मालाई चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई गुल्मीका संघीय साँसद् मैया भण्डारीले खादा...
मिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छानिए

मिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छानिए

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र – तिज नृत्य प्रतियोगिता संगै फेसन सो र मिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छनोट भएका छन् । मिसेज नेपालगन्जको लागि भएको पहिलो अडिसनबाट २१ जना गृहणी महिला छनोट भएका हुन् । ६७ जना प्रतिस्पर्धी मध्येबाट २१ जना महिला छनोट गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ । मिसेज नेपालगन्ज प्रतियोगिताको निर्णायकमा सुबिना अधिकारी, गिता क्षेत्री वर्नवाल, नृत्य निर्देशक भरत महतो, कृष्णा पाण्डे लगायत रहेका थिए । नृत्य बिद्याको अडिसन भने भोली शनिबार ४ गते मेरो प्लानेटमा ११ बजेदेखि हुने आयोजकले जनाएको छ । प्रतियोगिहरुले ३ मिनेटको गितमा आफ्नो प्रस्तुती राख्नुपर्ने टेलिभिजन प्रमुख आशिष गुप्ताले बताए । प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले ...
मलेसियामा जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०२२ सम्पन्न

मलेसियामा जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०२२ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ भाद्र – जम्बुलिङ इन्टरनेशनल अवार्ड– २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । श्रेष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम अगस्ट ५ तारिख (२०७९ साउनको २०) गते भएको हो ।उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो । सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाको सभापतित्वमा भएको कार्यक्रमक...
‘भेट्लास है’ बोलको गीत बजारमा

‘भेट्लास है’ बोलको गीत बजारमा

आस्था, कला/साहित्य, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ सावन – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ । गीतलाई बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो । पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र संगीत गरेका हुन । गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन । भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन, राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ, मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा, मरिचमन योन्जन, अमृत रुम्ब...
सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन भदौ २५ मा हुँदै

सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन भदौ २५ मा हुँदै

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २९ सावन - सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ। छैठौँ समितिको तीन वर्षे कार्यकाल सकिएकाले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो । विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको संयोजक सुनुवारले बताउनु भयो । संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ । समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ । समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ । संयोजक स...
२३ औं अवधी दिवस तथा तृतीय अन्तरदेशीय अवधी महोत्सव भब्यता साथ सम्पन्न

२३ औं अवधी दिवस तथा तृतीय अन्तरदेशीय अवधी महोत्सव भब्यता साथ सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ साउन – अवधी÷हिन्दी भाषा साँस्कृतिका महान पण्डित, भक्तकवि, सन्तशिरोमणि तुलसीदास जी महाराजको ५२५ औं जयन्ती एवं २३ औं अवधी दिवसको अवसरमा तृतीय अन्तरदेशीय अवधी महोत्सव–२०७९ नेपालगन्जमा भब्य रुपमा मनाईएको छ ।बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१४ बाबुगाउँ स्थित रहेको मेरो प्लानेटमा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा सम्मान अर्पण बिचार संगोष्ठी (कार्यपत्र प्रस्तुती), बिचार गोष्ठी साँस्कृति नृत्य तथा बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । प्रथम चरणको कार्यक्रम अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिका सल्लाहकार पशुपति दयाल मिश्राको अध्यक्षतामा प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार र महासचिव बीरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोग नेपालका अध्यक्ष डा. बिजयकुमार दत्त, बिशिष्ट अतिथि केन्द्रिय सदस्य बिजयकुमार...