Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

चिनियाँ प्रहरीद्वारा ‘फिल्म उद्योगका गडफादर’लाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

चिनियाँ प्रहरीद्वारा ‘फिल्म उद्योगका गडफादर’लाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

आस्था, कला/साहित्य, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २३ कार्तिक – चिनियाँ प्रहरीले एक प्रतिष्ठित ट्युटोरिङ एकेडेमीमा कम्तिमा १९ पूर्व विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको आरोपमा 'चिनियाँ फिल्म उद्योगका गडफादर' लाई पक्राउ गरी हिरासतमा राखेको छ। देशको सबैभन्दा चकित पार्ने मामिला #MeToo को लहरपछि उनलाई नियन्त्रणमा लिएको हो। डु यिङ्जे, ४०, छाया रोडमा प्रख्यात ट्यूटर थिए, जसले हाई स्कूलका विद्यार्थीहरूलाई देशको उत्कृष्ट कला र चलचित्र विद्यालयहरूमा प्रवेश गर्न मद्दत गर्दछ। सोमबार डुलाई एक पूर्व विद्यार्थीले उत्पीडन, हेरचाह र बलात्कार गरेको आरोप लगाएका थिए, जसमा केही नाबालिगहरू र गर्भवती भएकी १७ वर्षीया केटी पनि रहेको बताइएको छ। उनको विबो अकाउन्टमा लामो पोस्टमा एक पूर्व विद्यार्थी, शि जिइले डुले उनलाई उत्पीडन गरेको थियो र उनी १७ वर्षको हुँदा यौन दुर्व्यवहार गरेको बताइएको छ। उनले आफूलाई 'फिल्म उद्योगको गडफादर' भनेर घमण्ड गरेको पनि प्रहरी...
“महापुरूष” द्वारा निलसागरलाई सहयाेग

“महापुरूष” द्वारा निलसागरलाई सहयाेग

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १६ कार्तिक - चलचित्र ‘महापुरुष’ ले निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कार्तिक ११ गतेबाट देशैभरी प्रदर्शन भएको चलचित्र महापुरुष चलचित्रका तर्फबाट निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली सहितको टिमले बाँके नेपालगन्जमा रहेको निलसागर सेवा आश्रममा पुगेर बुवाआमाहरुको आशिर्वाद लिदै सहयोग प्रदान गरेका थिए । जिम्मेवार नागरिकको सामाजीक दायित्व हो भन्दै हाम्रो चलचित्र टिमले आश्रममा आश्रय लिएका बुवाआमा तथा बालबालिकालाई सहयोग गरेको उनले बताए भने उक्त महापुरुष चलचित्र फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट सँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।...
‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ कार्तिक – ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् ।दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । काठमाण्डौ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । सौरभ लामाको छायांकन र सन...
मेरो बारेमा तिमिले…….

मेरो बारेमा तिमिले…….

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७९ असोज २६ गते, बुधबार गोबिन्द राज ओझा (राजन) मेरो बारेमा तिमिले जति सोधे पनि हुन्छ सबै कुरा बुझेर म सँग बोल्दा हुन्छ बादल बाट बर्षा भए झै मनमा मायाको बर्षा भयो तिमिले मलाई भेटेर मलाई धेरै कुरा सोध्ने गर्यौ मेरो बारेमा तिमिले जति सोधे पनि हुन्छ सबै कुरा बुझेर म सँग बोल्दा हुन्छ मेरो बारेमा तिमिले जति सोधे पनि हुन्छ तिम्रो यादमा डुबेर यि तस्विर हेरेको हुन्छु एउटा सादा कागजमा तिम्रो बारेमा लेखेको हुन्छु मेरो बारेमा सोच्छौ तिमिले सधै तिम्रो समिप हुन्छु   दिपायल सिलगढी न.पा.२ दिपायल डोटी...
मायालु हेराई तिम्रो…

मायालु हेराई तिम्रो…

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
मिति : २०७९ असोज २६ गते, बुधबार गोबिन्द राज ओझा (राजन) तिमि हौ सुन्दरी मैले.... तिमि हौ सुन्दरी मैले हेर्ने गरेको आँखामा गाजल छ मायालु हेराई तिम्रो सधै सँगै जिउला मैया बाचुन्जेल सम्म बाटो हेरि बसे मैले तिमि आउन्जेल सम्म यो मेरो मन डुल्यो तिम्रो प्रेममा परेर त्यो शहरको बाटोमा जादैछु म हिडेर आँखामा गाजल छ मायालु हेराई तिम्रो तिमि हौ सुन्दरी मैले हेर्ने गरेको दिपायल सिलगढी न.पा.२ दिपायल डोटी...
खोलाको बगरमा खोज्नुपर्छ

खोलाको बगरमा खोज्नुपर्छ

कला/साहित्य
मितिः २०७९ असोज १० गते, सोमबारगोबिन्द राज ओझा (राजन) तिमिलाई भेटन मैले भन…….तिमिलाई भेटन मैले भन कहाँ पुग्नुपर्छयो गाउँ, वस्ति त्यो खोलाको बगरमा खोज्नुपर्छ मेरो यो मनमा पनि तिमिलाई खोजिरहनुपर्छतिमिलाई नभेटे पछि यो दिल मेरो बेहाल हुन्छतिर्खाएको बेला प्यास मेटु भन्छु साह्रै गाह्रो रै छतिमिलाई मैले यहि बाट हेर्न सक्नुपर्छ यि गित, गजलहरुमा तिम्रै बारेमा लेख्न सकुमेरा यि नयनहरुमा तिमिलाई कैद गर्न सकुतिम्रो मिठो स्वर मैले सधै सुनिरहन सकुयो दिनमा तिमिलाई हेरेर बसिरहु दिपायलसिलगढी न.पा.–२,दिपायल डोटी, नेपाल...
भारतीयमा हाउसफुल चल्दै प्रेमगीत ३

भारतीयमा हाउसफुल चल्दै प्रेमगीत ३

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असोज – नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउसफुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । केही दिनका लागि शो हाउसफुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बार...
खजुरामा सप्तमीको दिन दशै महोत्सव हुने

खजुरामा सप्तमीको दिन दशै महोत्सव हुने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, ३ असोज – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारेर बाँकेको खजुरामा दशै महोत्सवको आयोजना गरिने भएको छ । स्थानिय एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ को आज सचिवालयको उद्घाटन गरिएको छ ।आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको महोत्सव सचिवालयको उदघाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्णबहादुर भण्डारीले गर्नुभयो । उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समुहले एकजुट भएर सामाजिक कार्यहरु सहित दशैको बेला सदभाव कायम गर्दै गरिन लागिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । आफ्नो परम्परा, रिति थिति जोगाउन युवाहरु लागेको प्रति खुसि व्यक्त गर्दै अध्यक्ष भण्डारीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।स्थापनाकाल देखि नै सामाजिक कार्य गर्दै आइरहेको समुहले विगतका वर...
“हे मेरी आमा” बोलको गीत बजारमा

“हे मेरी आमा” बोलको गीत बजारमा

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ असोज – गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको “हे मेरी आमा” बोलको गीत बजारमा आएको छ ।एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन । गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन । निशल पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन । बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।...
महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असोज – महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । पुस्तकालयको भदौ २८ र २९ गते सम्पन्न १७ औँ अधिवेशनबाट बलराम यादवको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई शनिबार निर्वाचन समितिले पदस्थापन गराएको छ ।निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा बधाई ज्ञापन कार्यक्रममा वीच निर्वाचन समितिका संयोजक अधिवक्ता लोकबहादुर शाहले कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरे भने सदस्य पूर्णलाल चुकेले निर्वाचितहरुलाई माला लगाएका थिए । शाहको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा उपाध्यक्षमा पंकज श्रेष्ठ, सचिव मणी अर्याल, सहसचिव ऋचा लुईँटेल, कोषध्यक्ष अजयकुमार टण्डन र सदस्यहरुले पथ तथा गोपनियतको सपथ लिएका थिए । पुस्तकालयका सदस्यहरुमा मीना सुवेदी ढकाल, ब्रिजेशबहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्धकी, अस्मिता ...