Sunday, April 26सत्यम खबर
Shadow

गुल्मेली समाज सेवाद्वारा तीज कार्यक्रम

नेपालगन्ज, ५ भाद्र –गुल्मेली समाज सेवा समिति, बाँकेको पाँचौं अधिवेशन तथा तीजको दर खाने कार्यक्रम आयोजना गरिएको छ । शनिवार सम्पन्न अधिवेशनले हरिलाल न्यौपानेको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाका सल्लाहकार पूर्णलाल चुकेको अध्यक्षतामा निर्माण गरिएको अध्यक्ष मण्डलले चयन गरेको समितिको उपाध्यक्षमा भीमलाल कँडेल, सचिवमा हिम नाथ पौडेल र कोषाध्यक्षमा प्रदीप सापकोटालाई चयन गरेको छ । अध्यक्ष मण्डलको सदस्यमा संस्थापक अध्यक्ष लक्ष्मण गौतम र सल्लाहकार नारायण ज्ञवाली थिए ।


त्यसैगरि सदस्यहरुमा प्रकाश गौतम, निलम ज्ञवाली, आरती गौतम, बल बहादुर दगामी, कमला गौतम, महेश ज्ञवाली, ठगीराम भण्डारी, दुर्गाप्रसाद काफ्ले, राजकुमार सापकोटा, कुञ्ज मणि पोखरेल र झविलाल शर्मालाई चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई गुल्मीका संघीय साँसद् मैया भण्डारीले खादा ओढाएर स्वागत गर्नु भयो ।
सो अवसरमा साँसद् भण्डारीले गुल्मेलीहरुले आफ्नो जन्म थलो छोडेर जहाँ गएर बसे पनि राम्रो काम गरेको बताउनु भयो । नवनिर्वाचित अध्यक्ष हरिलाल न्यौपानेले आफुले पाएकोमा आभार व्यक्त गर्दै समितिलाई सक्रियताका साथ चलायमान गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रम सचिव भीमलाल कँडेलले सञ्चालन गर्नु भएको थियो ।


संस्थाका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको पहिलो सत्रमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले एसइइ परीक्षा–२०७८ मा उत्कृष्ट अंक ल्याई बाँके जिल्ला प्रथम भई उत्तीर्ण हुने बालिका शिक्षा काफ्लेलाई रु.५ हजार नगद सहित प्रशंसा पत्र र संस्थाको आजीवन सदस्यता पनि वितरण गर्नु भयो ।


सो अवसरमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तीजको दर खाने समेतको सो कार्यक्रममा महिलाहरुले सामूहिक तृत्य प्रदर्शन गरेका थिए भने करीब ३५० जनाको सहभागिता रहेको निवर्तमान सचिव कँडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *