Wednesday, April 22सत्यम खबर
Shadow

मलेसियामा जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०२२ सम्पन्न

काठमाण्डौ, २ भाद्र – जम्बुलिङ इन्टरनेशनल अवार्ड– २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । श्रेष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम अगस्ट ५ तारिख (२०७९ साउनको २०) गते भएको हो ।
उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो । सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।


जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डस्का संस्थापक डा. भिमलाल तामाङ, बिशेष अतिथिमा एनआरएनय मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा र बिशेष अतिथि मै नेपाल तामाङ घेदुङ मलेसियका उपाध्यक्ष बिक्रम वाईबा तामाङ थिए ।
कार्यक्रममा अवार्ड वितरणसँगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका बरिष्ठ हाँस्य कलाकार उत्तम केसी (चुई चुई पारेर) लाई लाईफ टाईम अचिब्मेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट समाजसेवीको अवार्ड डा.भिमलाल तामाङले पाएका छन् ।
जम्बुलिङ इन्टरनेशनल अवार्ड– २०२२ को उत्कृष्ट सेलो गायकको अवार्ड बल्लपो तामाङको हुल उठ्यो बोलको खान्दोके सेलो गित बाट गायक आस्मान लोप्चनले अवार्ड जितेका छन् । उत्कृष्ट पाँचमा परेका गायक जिवन बोम्जन (गित मायाला चिनो), बैरागी मोक्तान (गित सालि त भेना) र मदन ग्लान (गित पुर्व सिलिङलिङ) मध्यबाट आस्मान लोप्चनले उत्कृष्ट सेलो गायकको अवार्ड जितेको हो । स्रोता दर्शकबाट राम्रो भोट र जुरि निर्णायकबाट राम्रो नम्बर ल्याउन सफल गितको गायक आस्मान लोप्चनको उक्त बल्लपो तामाङको हुँ उठ्यो बोलको गित सबैले रुचाएको गित हो ।


त्यस्तै उत्कृष्ट नाधिङ भाकाको गायकको अवार्ड प्रदिप लामाले पाएका छन् । याङ्सारि यामा बोलको गितबाट गायक प्रदिप लामाले अवार्ड जितेका हुन । राम्रो गायन क्षमता भएको गायक प्रदिप लामाले धेरै गितहरु गाईसकेका छन् । त्यस्तै अवार्ड पाउनेहरुमा उत्कृष्ट म्हेन्दोमाया गायीकाको अवार्ड रमला पाख्रीनले, उत्कृष्ट म्हेन्दोमाया नव गायीकाको अवार्ड लक्ष्मी तामाङले, उत्कृष्ट दोहोरि गायीकाको जुरि अवार्ड अन्जु गौतमले, उत्कृष्ट दोहोरि नव गायीकाको अवार्ड गंगा गौतमले, उत्कृष्ट मोडल आधुनिक गितको अवार्ड आशामान तामाङ वाईबाले, उत्कृष्ट चरित्र अभिनयको अवार्ड अनिता तामाङ (नेगि) ले, उत्कृष्ट तामाङ सेलो नव गायीकाको अवार्ड सबिता तामाङले, उत्कृष्ट म्हेन्दोमाया नव मोडलको अवार्ड ममता गुरुङ तामाङले, उत्कृष्ट नव पप गायको अवार्ड दावा लामाले, उत्कृष्ट म्हेन्दोमाया गायिका इन्करेजमेन्ट अवार्ड शान्ति माम्बाले, उत्कृष्ट म्हेन्दोमाया गायक जुरी अवार्ड सौराम तामाङले, उत्कृष्ट लोकदोहोरि मोडल इन्करेजमेन्ट अवार्ड ज्योति खड्काले, उत्कृष्ट भजन गितका मोडल अवार्ड याम ब. अधिकारिले र मर्नेन वाईबा, कान्छा लामा, काले तामाङलाई पनि इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको छ ।
सिंगापुरमा ब्यानर खोलेर सुरुवात गरेको कार्यक्रम विभिन्न विधामा अवार्ड दिँदै श्रष्टालाई सम्मान गर्दै मलेसियामा सम्मपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *