चर्चित गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले मचायो तहल्का
नेपालगन्ज, १६ पौष – चर्चित गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले नेपालगन्ज महोत्सवमा तहल्का मचाएको छ ।नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको एघारौं दिन महोत्सवमा आउनुभएको चर्चित गायक तथा मोडल दुर्गेशको प्रस्तुतीले महोत्सवमा तहल्का मचाएको थियो । दुर्गेशले महोत्सवमा गाउनुभएको ‘भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बिच बिचमा, भाग भाग, जय सम्भु जय सम्भु’ लगायतका प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए ।दुर्गेशको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित करिब आधा दर्जन प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । दुर्गेशले चर्चित चर्चित गीतको प्रस्तुतीमा आफ्ना टिमसहित नाचेका तथा दर्शकलाई नचाएका थिए ।
गायक चन्द्र शर्माले गाउंनुभएको चर्चित गीत, बाच्छीले धान खायोमा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवको एघा...









