
नेपालगन्ज, ८ पाैष – नेपालगन्जमा सञ्चालन छैठौं नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । आईतवार नेपालगन्जको महोत्सवमा चर्चित गायिका आलेले गाउनु भएको र्याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् ।
महोत्सवमा गायीका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीनु भएको थियो ।
आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लाका साथ रमाएका थिए । यस्तै महोत्सवमा चर्चित गायक बसन्त लम्सालले पनि आफ्ना दर्जनौ गीतहरु प्रस्तुत गरि दर्शकलाई भरपुर रमाएका थिए ।
यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन रार्ष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो ।
यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार बिराज भट्ट लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
