Tuesday, October 22सत्यम खबर
Shadow

भारत सरकारद्वारा अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिईने

काठमाण्डौ, १४ असोज – बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ । भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो ।

दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ । मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ ।

मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ ।

दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो । मिथुनले बलिवुडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन् । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *