Saturday, May 16सत्यम खबर
Shadow

विपन्न परिवारलाई खाद्यान्न सहयोग

हेमन्त राज काफले
नेपालगन्ज, १७ जेष्ठ – ऐसेम्बली अफ न्यू लाईफ मिशन चर्च गणेशपुरद्वारा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

धर्म भन्दा धेरै माथी मानवता भएकाले कोहि पनि भोकै सुत्नु नपरोस् भनेर सहयोग अभियान चालेको पा. दानीएल शाहीले बताएका छ्न् । जुन ठाउँमा मानिस भोकै छ्न् वा अत्यावश्यक परेका परिवारलाई आफै पुगि सहयोग गरेको उनले बताए ।

अहिलेसम्म कोहलपुर, नौबस्ता, बैजनाथ, नेपालगन्जका अति बिपन्न ज्यालादारीमा काम गर्ने १ सय बढी गरिब, अति विपन्न परिवारलाई राहत सहयोग गरेको जनाएका छन् ।

मानिसहरु रोगले मरेकै छ्न्, यो निकै दु:खद हो अझ भोकको पीडा धेरै दर्दनाक हुन्छ, त्यही भएर हाम्राे मण्डलीमा भएका साथीहरु मिलेर अति विपन्न गरिब परिवारहरूलाई सहयोग गर्न लागेका छौ र ५ सयभन्दा बढी विपन्न घर परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको पास्टरले जनाएका छन् ।

उनीहरुको खादान्न सहयोगमा २० केजी चामल, २ केजी दाल, १ लि.तेल, २ केजी नुन, १ पाउ स्वाबिन, ५ थान साबुन, १५ थान मास्क र एउटा सेनिटाईजर रहेको छ । साथै नेपालका अन्य ६ जिल्लामा पनि ऐसेम्बली अफ न्यू लाईफ मिशन चर्च गणेशपुरद्वारा खाद्यान्न सहयोग गरेको पा. दानीएलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *