
नेपालगन्ज, १ भाद्र – बाँके जिल्लाको नेपालगन्जमा अवधी (हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२४ औं जयन्ती तथा अवधी दिवसको रुपमा अवधी महोत्सव –२०७८ श्रावण ३१ आइतवार मनाईएको छ ।
अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा सम्मान, बिचार गोष्ठी तथा बहुभाषिक कविता, गोष्ठी सम्पन्न भएको थियो ।
नेपालगन्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य सेवा समाजका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा मधेशी आयोग नेपालका सदस्य बिजयकुमार गुप्ताको प्रमुख आतिथ्यमा, बिशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, अतिथि भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सक तथा नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. श्यामसुन्दर यादव, अतिथि गुल्जारे अदब नेपालगन्जका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, अन्जुमन शाहकारे उत्तर प्रदेशका अध्यक्ष बहराइच जिल्लाको नानपारा निवासी शारिक रव्बानी आतिथ्यमा सम्पन्न कार्यक्रममा सन्त शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथिहरुले अबीर लगाई पानसमा बत्ती बाली बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिेना र अवधी साँस्कृतिक प्रतिष्ठानका महासचिव बीरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिका संस्थापक अध्यक्ष बिष्णुलाल कुम्हारले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपालगन्ज बागेश्वरी एफ.एम.का धार्मिक कार्यक्रम प्रस्तोता पं शिवप्रसाद पाठकले सरस्वती बन्दना प्रस्तुत गर्नुका साथै मनोरञ्जनका लागी हाँस्यव्य¨ पनि प्रस्तुत गर्नु भएको थियो ।

यसरी गोष्ठीमा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, सोनाली गुप्ता कविता, अधिवक्ता बिश्वजीत तिवारी, कसौंधान बैश्य सेवा समाज महिला मञ्चका अध्यक्ष सीता बैश्य, सुशीला बैश्य, हाम्रो पूर्णिमा साहित्य समाज कोहलपुरका बिक्रम शिशिर, शिक्षिका कृष्णादेवी पाण्डेय, भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सक डा. श्याम सुन्दर यादव, उर्दू साहित्यकार तथा अन्जुमन शाहकारे उत्तरप्रदेशका अध्यक्ष शारिक रव्बानी, गुल्जारे अदब नेपालगन्जका अध्यक्ष तथा वरिष्ठ उर्दू साहित्यकार हाजी अव्दुल लतीफ शौक, सभाका अध्यक्ष नन्दलाल बैश्य, भारतका राकेश आर्या, कोहलपुरका उषा सुवेदी लगायतले आ–आफना गीत, गजल, कविता, रचना वाचन गर्नु भएको थियो ।

गोष्ठीमा प्रमुख अतिथि मधेशी आयोग नेपालका सदस्य बिजयकुमार गुप्तालाई संस्थाका अध्यक्ष बिष्णुलाला कुम्हार, विशिष्ठ अतिथि वरिष्ठ कथाकार सनतकुमार रेग्मी, डा.श्यामसुन्दर यादव, हाजी अव्दूल लतीफ शौक, शारीक रव्बानी, सभाध्क्ष नन्दलाल बैश्य लगायतले संयुक्त रुपमा सम्मान–पत्रका साथै गम्छा ओढाएर सम्मान गुर्नभएको थियो ।

सो गोष्ठीमा अल्पना बैश्य, निलम शर्मा (काजल) अनामिका शर्मा, रामफेरन मौर्या, किस्तमुल निसा, आरती बैश्य, ज्योत्सना बैश्य, सरिता बैश्य, सुशीला बैश्य, असलम खान, संजय पथिक, पत्रकार चन्द्रेश्वरराज त्रिपाठी, नन्दलाल साहू, सुरजलाल बैश्य, गुल्जारे अदबका सचिव मोहम्द मुस्तफा अहसन करैशी, मनोज तिवारी, घनश्याम गुप्ता, सतिश पाठक, लगायत ५० भन्दा बढी अवधी पे्रमी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागी भएको सम्पूर्ण अवधी भाषा पे्रमीहरुलाई आयोजक संस्था अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिले गम्छा सहित सम्मान–पत्रद्वारा सम्मान गरेको थियो ।
