Friday, April 17सत्यम खबर
Shadow

डुडुवा-५ लाई बालविवाह मुक्त वडा घोषणा गरिंदै

डुडुवा, ३२ श्रावण – बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न डुडुवा गाउँपालिका अहिले प्रयासरत छ । आज बसेको पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने निर्णय गरेको छ ।

पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोले अन्य पालिकाले आफनो वडा बाल विवाह मुक्त वडा घोषणा गरे पनि डुडुवा गाउँपालिका मधेशी बस्ती भएको हुदाँ अहिले सम्म वडा बाल विवाह मुक्त हुन नसकेको तर पनि वडा नं.५ मिश्रित बस्ती भएकोले घोषणा गर्न लागेको बताउनु भयो ।

डुडुवाको वडा नंं.५ मा गठन भएको जनचेतना किशोरी क्लबका किशोरीहरुको सक्रियतामा घरदैलो अभियानमा सक्रिय भई लागि पछि वडा नं.५ लाई असोज महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गने बाल अधिकार समितिले निर्णय गरेको छ । पालिका स्तरीय बाल अधिकार समितिले सो निर्णय गरेको छ ।

डुडुवा गाउँपालिकाको वडा नं.५ लाई बाल विवाह मुक्त वडा बनाउन किशोरीहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको सहकार्यमा डुडुवा गाउँपालिकामा बाल विवाह रोकथाम परियोजना सन्चालन गरिरहेको छ ।

किशोरी क्लबका पदाधिकारीहरु सबै मिलेर डुडुवा गाउँपालिकाको वडा नं. ५ को शिवराजपुर, नानापुर, चाचमारी र लिमागी टोलमा घरदैलो गरि स्टीकर टाँसेको जनचेतना किशोरी क्लबका अध्यक्ष दिलमाया विकले जानकारी दिईन् । घरदैलो गर्ने समयमा स्थानीयहरुको प्रतिबद्धता समेत जनाएको र बाल विवाह बारे जानकारी प्राप्त गरेको किशोरी क्लबका सचिव मनिषा परियारले बताईन् ।

सो बैठकमा कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, शिक्षा प्रमुख सञ्जय कुमार कर्ण, स्रोत ब्यक्ति रामएकबाल मण्डल, पत्रकार सोम गुरुङ्ग, लगायत किशोरी क्लबका पदाधिकारीको सहभागिता रहेको थियो।

डुडुवा गाउँपालिकाको वडा नं.५ लाई असोज महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गरिने स्याक नेपालका सुपरभाईजर आकृति यादवले जानकारी दिनुभयो । यादवले भाद्र महिनामा घरधुरी सर्वेक्षण गर्ने र जनचेतनामुलक कार्यक्रम गर्ने त्यस पछि असोज महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गरिने जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *