Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

विकासोन्मुख विश्वमा चीनको आर्थिक दबाब बढ्दै

विकासोन्मुख विश्वमा चीनको आर्थिक दबाब बढ्दै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ चैत - धेरै विकासोन्मुख देशहरूमा चीनको बढ्दो आर्थिक दबाबले समस्या सिर्जना गरेको छ। कोरोना महामारीपछि उत्पन्‍न वित्तीय चुनौतिहरू पछि ऋण चुक्ता गर्न चीनले दबाब सिर्जना गरेपछि संकटको स्थिति सिर्जना गरेको छ।विकासोन्मुख विश्वको सबैभन्दा ठूलो ऋणदाताको रूपमा परम्परागत बहुपक्षीय संस्थाहरूलाई पछाडि पारेको चीनले महामारीले विकासोन्मुख विश्वका आर्थिक रूपमा कमजोर राष्ट्रहरूलाई संघर्षरत अर्थतन्त्रहरूलाई राहत दिनुको सट्टा ऋण तिर्न दबाब दिन थालेको जियोपोलिटिकाले रिपोर्ट गरेको छ।विशेष गरी, अफ्रिकी महाद्वीपलाई यसको प्राकृतिक स्रोतहरूमा प्रभाव पार्नको लागि अत्यधिक ऋण दिइएको छ। केही वर्षयता चीन अफ्रिकी देशहरूको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता बनेको छ। बेइजिङले हालैका वर्षहरूमा अंगोला, इथियोपिया, केन्या, रिपब्लिक अफ कङ्गो, जिबुटी, क्यामरुन र जाम्बियालगायत ३२ भन्दा बढी अफ्रिकी राष्ट्रहरूलाई पूर्वाध...
चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, चैत २६ - चीनमा पुरानो भनाइ छ- बाँदरलाई तर्साउन कुखुरालाई मार। यो भनाइले शक्तिशालीलाई तर्साउन निर्धोको नष्ट गर भन्ने बुझाउँछ । यो भनाइलाई व्यवहारमा कार्यान्वयन गरियो भने के हुन्छ? चीनमा एक व्यक्तिले यस्तै गरेको घटना सार्वजनिक भएको छ ।सिएनएनका अनुसार चीनको हुनान प्रदेशको हेङ्ग्याङ काउन्टीको एक अदालतले छिमेकीको ११ सय वटा कुखुरा मारेको अभियोगमा गू नाम गरेका व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ।उनले छिमेकी झाङसँगको झगडाको बदला लिन पटक-पटक उनले पालेको कुखुरालाई तर्साएर मारेको अदालतले ठहर गरेको छ।त्यहाँको एक स्थानीय पत्रिकालाई उद्बृत गर्दै सिएनएनले गू र झाङबीच एक वर्ष अघिदेखि झगडाको सुरूआत भएको उल्लेख गरेको छ। एक वर्षअघि अप्रिलमा झाङले गूलाई सोध्दै नसोधी उनको बारीका रूख काटिदिएका थिए।त्यसपछि आक्रोशित बनेका गूले झाङलाई नोक्सान पार्न उनको कुखुरा फार्मलाई निशाना बनाउन थालेका हुन्। उनले सि...
भारतले काठमाडौं–रक्सौल रेलमार्गको महिनाभित्रै डिपिआर बुझाउँदै

भारतले काठमाडौं–रक्सौल रेलमार्गको महिनाभित्रै डिपिआर बुझाउँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ चैत - भारतले नेपाल–भारत (रक्सौल–काठमाडौं) अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्र नेपाललाई बुझाउने भएको छ । हाल भारतीय कम्पनी कोंकण रेलवे कर्पाेरेसन लिमिटेडले उक्त आयोजनाको डिपिआर बनाउने काम गरिरहेको छ ।संघीय राजधानी काठमाडौंलाई भारतीय रेल सञ्जालमा जोड्न काठमाडौं–रक्सौल रेलमार्ग बनाउने गरी ०७४ मै दुई देशबीच प्रारम्भिक सहमति भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २४ चैत ०७४ मा भएको भारत भ्रमणमा यस्तो सहमति भएको थियो । त्यसपछि ०७५ भदौमा काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसबारे थप समझदारी भएको थियो । त्यसपछि भारतले असोज ०७६ मा आयोजनाको प्रारम्भिक प्रतिवेदन नेपाललाई बुझाएको थियो ।त्यसपछि रेलमार्गक...
निःशुल्क आयुर्वेद शिविर सम्पन्न

निःशुल्क आयुर्वेद शिविर सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ चैत - नेपालगन्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शिविरको ब्यानर पढेर उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा बोल्दै मेयर विष्टले निःशुल्क विशेषज्ञ आयुर्वेद शिविरलाई उपमहानगरको २३ वटै वडामा संचालन गरिने बताए । उनले भने, ‘नागरिकलाई स्वास्थ्य राख्न हाम्रो परम्परागत उपचार पद्धति आयुर्वेदको महत्वपुणर् भुमिका रहन्छ । यो कार्यक्रम निकै राम्रो छ । १० नम्बर वडाबाट यसको सुरुआत भएको छ । अब हामी सबै वडामा शिविरको आयोजना गर्नेछौं ।’मेयर विष्टले नेपालगन्जमा अवैधानिक रुपमा आयुर्वेदको उपचार गर्ने भन्दैं भारतीय नक्कली डा...
जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै

जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै

अवधी, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २६ चैत - बाँकेको जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै गएको छ । जानकी गाउँपालिकाको ६ वटै वडाभित्र रहेका अपाड्डता भएका व्यक्तीहरुलाई हिंड्डुल गर्न सहज होस भन्ने उद्देश्यले घरघरमा पुगी व्हीलचेयर र ट्राई साईकल वितरण गरेको हो ।जानकीको महिला तथा बालबालिका शाखाले १५ जना अपाड्डता भएका व्यक्तीहरुलाई व्हीलचेयर र ट्राई साईकल वितरण गरेको हो । १२ जनालाई व्हीलचेयर र ३ जनालाई ट्राई साईकल वितरण गरेको छ । घरमै आई व्हीलचेयर र ट्राई साईकल वितरण गरेकोमा अपाड्डता भएका व्यक्ती लगायत आफन्तजनहरुले खुशी व्यक्त गरेका छन । घर मै पुगेका पालिका अध्यक्षलाई अपाड्डता भएका व्यक्तीहरुले व्हीलचेयर र ट्राई साईकलका साथै आफुहरुलाई आर्थिक सहयोग पनि गरिदिन समेत आग्रह गरेका छन ।घरघर मै गाउँमै पुगेर १ देखि ६ वटै वडामा जतिपनि अपाड्डता भएका व्यक्तीहरु छन उनीहरुलाई हिंड्डुल गर्न सहज होस भन्ने उ...
चलचित्र बुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने

चलचित्र बुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ चैत - छत्रेश्वरी म्यानेजमेन्ट प्रालिद्वारा निर्मित नेपाली भाषाको चलचित्रबुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने भएको छ । निल सागर सेवा आश्रमको सहयोगार्थ लागि बाँकेको नेपालगन्ज न्युरोड स्थित `क्यु एफ एक्स´ बागेश्वरी हलमा दुई दिने अथवा चैत्र २९ र ३० गते बिहान ८ बजे च्यारिटी शो हुने भएको छ । लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी´ अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ बैशाख १ गतेदेखि देशभर लाग्दै छ भने निल सागर सेवा आश्रमकाो सहयोगार्थका लागि २ दिन अगाडि नेपालगन्जमा लाग्ने भएको छ । चलचित्र शो गरि उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न लागेको आश्रमका उपाध्यक्ष नारायण सुवेदीले बताएका छन । उता आश्रमकी अध्यक्ष सरिता खनालले आश्रमका लागि केही सहयोग हुन्छ कि भनेर च्यारिटी शो गर्न लागेको बताउनु भयो । मन्दी छ ।...
बैंकको चर्को ब्याज लक्षित बृहत विरोध प्रदर्शन

बैंकको चर्को ब्याज लक्षित बृहत विरोध प्रदर्शन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० चैत – बैंकको चर्को मिटर ब्याजलाई लक्षित गर्दै नेपालगन्जमा आज सोमबार राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेले बृहत विरोध ¥याली प्रदर्शन गरेको छ ।देशको आर्थिक अवस्था दैनिक रुपमा खस्कंदै गईरहेको तथा तस्करहरुले खुला सीमा नाकाको फाईदा उठाईरहेको हुँदा सरकारको आर्थिक नीति नै प्रभावकारी नभएको हुँदा हाल उद्योगी व्यवसायीहरु मारमा परिरहेको हुँदा सम्मानित प्रधानमन्त्री ज्यूलाई ५ बूँदा मागसहित जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत ज्ञापन पत्र बुझाईएको राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।यसैगरी, देशमा आम जनताहरुलाई सरकारद्वारा राहत दिनुको सट्टा बैंक तथा वित्तिय संस्थाहरुमार्फत आहत दिने तथा बढ्दो महंगीको कार्य व्यवहारले देशका व्यापारी, किसान, विद्यार्थी उपभोक्ताहरु समेतलाई आ–आफ्नो पेशा व्यवसायमा असर र मर्का परिरहेको हुँदा बाध्य...
ईट्टा उद्योगीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाहरुमा…..(फोटोफिचरसहित)

ईट्टा उद्योगीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाहरुमा…..(फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत – आर्थिक मारको चपेटमा परेको देशमा कोरोनाकाल पछि केही मात्रामा फस्टाउन लागेको उद्योग केही दिन अगाडी मात्र परेको पानीले गर्दा करोडौ नोक्सानी भएको ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीको भनाई रहेको छ ।त्यसमाथि नेपाल सरकारको आर्थिक नीति यस्तो रहेको छ कि देश आत्म निर्भर रहेको ईट्टा उद्योगीहरु समेत पलायन हुने अवस्थामा पुग्न सक्ने अवस्थाको सृजना भएको हुँदा त्यसबाट निकासका लागि आज बाँकेबाट शुरु गरी देशभर स्थानीय सरकारलाई ध्यानाकर्षण गराईएको बताउनुभयो ।कोरोनाकाल पछि ईट्टा पकाउन प्रयोग हुने कोइलाको दाम समेत दोब्बरले बृद्धि भएको, त्यसमाथि बैंकको ब्याज समेत दोब्बरले बृद्धि हुँदा हामी त्यसै मार खेपीरहेको अवस्थामा हाल बाहिरबाट मानव स्वास्थ्यमा असर गर्ने खालको ईट्टा मगाएर सरकारी कामकाजमा प्रयोग भईरहेको जानकारी गराउँदै अब उप्रान्त त्यसो नगर्न स्थानीय सरकारलाई आज आईतबार ...
ब्रिनोजमा एक–अर्को पक्ष बीच आरोप–प्रत्यारोप, समस्या समाधान गर्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने भनाई

ब्रिनोजमा एक–अर्को पक्ष बीच आरोप–प्रत्यारोप, समस्या समाधान गर्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने भनाई

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ चैत – नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा दुईपक्ष बीच विवाद चर्कदै गएको छ । अस्पताल व्यवस्थापन समितिले संस्था दर्ता ऐन विपरित मनोमानी ढंगले अस्पताल सञ्चालन गर्दै आएको हुनाले विवाद अझै चर्किएको हो । विवाद चर्कदै गएपछि आईतवार अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी गरेको तथा केही समय पश्चात खोलेको छ । लामो समय विवादित रहेको अस्पताल विरुद्ध आवश्यक छानविन गरि पाउँ भनि निवेदन समेत पर्दा अस्पताल व्यवस्थापन समित र प्रशासनले सुनवाई नगर्दा तालाबन्दि गर्न बाध्य भएको एक पक्षको भनाई रहेको छ ।नेपालमा एक नम्बरमा सेवा प्रदान गर्दै आईरहेको अस्पतालमा कुनै एक पक्षलाई आरोप लगाउनु उचित नभएको भन्दै दुबै पक्षको कमीकमजोरी रहेको नेपाल रेडक्रस सोसाईटी बाँकेका कार्यसमिति सदस्य तथा समाजसेवी अजिज कुमार शर्माले बताउनुभयो । सुरुवाती कालदेखी संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत...
भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन

भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० चैत – अमेरिकी रक्षा प्रशासन पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको छ । पेन्टागनका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले भारतसँग अमेरिकाको निकै लामो समयदेखि रक्षा सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने जनाएका हुन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको हो । रुसको साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धलाई लिएर रुसको विरोध गरेको छैन । पत्रकार सम्मेलनका क्रममा ब्रिगेडियर जनरल राइडरले आफ्नो मुलुकले युक्रेनलाई गर्दै आएको सहयोग र समर्थनलाई जारी राख्ने बताए ।...