बिआरआई विरुद्ध किन बोल्दैनन ओली ?
काठमाण्डौ, १० चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि मुस्ताङमा बौद्ध कलेज निर्माण गर्न लागेको विषयलाई सरकार विराधी अस्त्रका रुपमा प्रयोग गर्न खोजे। भारतीय लगानीमा निर्माण हुने भनिएको बौद्ध कलेजलाई उनले विश्वविद्यालयको नाम दिएर चीनलाई उक्साए।
अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बनाएर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनबिरुद्ध गद्दारी गरेको आरोप लगाए। उनले मुस्ताङमा बौद्ध विश्वविद्यालय आवश्यक नरहेको अभिव्यक्ति दिदै सरकारलाई नै विवादमा पार्ने प्रयास गरे।
तर, प्रधानमन्त्री लगायत मन्त्रीहरुले विश्वविद्यालय निर्माणको अनुमती नदिएको भन्दै स्पष्टिकरण दिएपछि ओली शान्त देखिए। अझ आश्चर्यको कुरा त, उनकै पार्टीका नेता÷कार्यकर्ता ओलीको विपक्षमा उभिए।
गण्डकी प्रदेशसभाका पूर्व सदस्य तथा एमाले नेता ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे ओलीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टी ...









