लैङ्गिक संवेदनशिलता र भाषा बारे दुई दिने कार्यशाला
नेपालगन्ज, १९ श्रावण – लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुई दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चार माध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजना अन्तर्गत दुई दिने कार्यशाला शुरु भएको छ ।कार्यशालाको शुभारम्भ गर्दै लुम्विनी प्रदेश सांसद सुशिला नेपाली बादीले समाजमा अहिले पनि विभेद कामय रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायले आफ्ना सवाललाई उठाउन तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले अझै पनि कुनै समुदाय यस्तो प्रकारको तालिमबाट बञ्चित भएको भए त्यसलाई पनि अवसर दिनुपर्ने उल्लेख गर्दै समाजलाई सभ्य बनाउन सबैको साझा प्रयत्न हुनुपर्ने बताउनु भयो ।उहाँले अ...








