Friday, April 17सत्यम खबर
Shadow

सुन काण्ड: थप ४ जना चिनियाँ नागरिक अनुसन्धानकाे घेरामा

काठमाण्डाै, १८ श्रावण – बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा बिक्री वितरण गरेको र त्यसमा राजनीतिक संरक्षण रहेको पाउन थालिएको हो ।

राजनीतिक संरक्षण प्राप्त भएको पुष्टि हुन थालेपछि सांसदहरू संसद् बन्द गर्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । माओवादी केन्द्रका नेताले एमाले माथि आरोप लगाउने र एमाले नेताले सत्ताधारी दलहरू माथि आरोप लगाउने क्रम बढेको छ ।

एमालेले सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको संलग्नता रहेको बताइरहँदा माओवादीहरू भने झापाको गिरिबन्धु टि स्टेटको जग्गा काण्डका मतियारको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

एमालेले उच्चस्तरीय राजनीतिक छानबिन समिति बनाउनुपर्ने माग गरिरहँदा माओवादी नेताहरू अहिले आवश्यक नभएको भन्दै आफ्ना नेता बचाउन खोजिरहेका छन् । यता, एमाले नेताहरूले भने समिति बनाएर आफ्ना नेताको संरक्षण गर्न संसद् नै बन्द गरेर समितिको माग गरिरहेको आशंका सार्वजनिक वृत्तमा गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *