मोदीले गरे शुभारम्भ पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै
काठमाण्डौ, २४ श्रावण – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् ।कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ ।
रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन्।
प्रधानमन्त्री मोदीले आफ्नो सरकारले कुल १,३०० रेलवे स्टेशनहरूको पुनर्विकास गर्ने लक्ष्य राखेको र त्यसमा ५०८ रेलवे स्टेशनहरू विकास गर्न आइतबार शिलान्यास गरिएको बताए ।
‘यो पुनर्विकास आयोजना रेलमार्गका साथै आम नागरिकका लागि देशमा पूर्वाधार विकासका लागि ठूलो अभियान हुनेछ,’ मोदीले भने।...









