Saturday, April 18सत्यम खबर
Shadow

लैङ्गिक संवेदनशिलता र भाषा बारे दुई दिने कार्यशाला

नेपालगन्ज, १९ श्रावण – लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुई दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चार माध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजना अन्तर्गत दुई दिने कार्यशाला शुरु भएको छ ।
कार्यशालाको शुभारम्भ गर्दै लुम्विनी प्रदेश सांसद सुशिला नेपाली बादीले समाजमा अहिले पनि विभेद कामय रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायले आफ्ना सवाललाई उठाउन तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले अझै पनि कुनै समुदाय यस्तो प्रकारको तालिमबाट बञ्चित भएको भए त्यसलाई पनि अवसर दिनुपर्ने उल्लेख गर्दै समाजलाई सभ्य बनाउन सबैको साझा प्रयत्न हुनुपर्ने बताउनु भयो ।
उहाँले अल्पसंख्यक समुदायलाई अझै पनि उपेक्षा गरिएकोले यिनीहरुको पक्षमा पैरवी गर्नुपर्नेमा जोड दिदै यो समुदाय कै पत्रकारिता क्षेत्रमा सहभागिताले ठुलो परिवर्तन देखिने विश्वास व्यक्त गर्नु भयो । सांसद नेपालीले भन्नुभयो, –“जसको सवाल उस कै नेतृत्व हुनु पर्दछ, अनि मात्र त्यसले अर्थपुर्ण सहभागिता हुन्छ ।”
उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका पत्रकारहरुको सहभागिता बढाउन सरोकारवाला निकायको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै ति समुदायका युवा युवतीको क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनु भयो ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारीले पत्रकारिताको आयाम फराकिलो भएकाले त्यसमा काम गर्न तालिम प्रभावकारी हुने बताउनु भयो । तालिममा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण, लैङ्गिक संवेदनशिलता, रिपोर्टिङ्गमा सफलताका कथा, भाषा लगायतका विषयमा जेसी विज्ञ रिमाविसी र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताउनु भयो ।
उहाँका अनुसार संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *