Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

डुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु

डुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ भाद्र – किसानलाई विउ वितरण गर्न डुडुवा गाउँपालिकाले यस वर्षदेखि वीउ उत्पादनको काम शुरु गरेको छ । यस वर्ष धान रोपाई हुनु अगावै धानको मुल बीउ उत्पादन गर्न पालिका अन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।किसानहरुको जमिनमा लगाइएको मुल बीउ पछि उन्नत बीउ तयार गरि आगामी वर्ष किसानहरुलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरि सहकारी मार्फत किसानलाई वितरण गरिनेछ ।९० टन बीउले एक हजार ५०० हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र रामधानको मुल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मुल वीउ उत्पादनपछि वीउ विजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताउनुभयो । बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलील...
अमन ईट्टा उद्योग ‘बालश्रम मुक्त उद्योग’ घोषणा

अमन ईट्टा उद्योग ‘बालश्रम मुक्त उद्योग’ घोषणा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – नेपाल सरकारद्वारा घोषणा गरिएको बालश्रम मुक्त अभियान अन्तर्गत आज नेपाल ईट्टा उद्योग महासंघ बाँकेको सहकार्यमा नेपालगन्ज उपमहागरपालिका वडा नं. १३ स्थित रहेको अमन ईट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको छ ।उक्त बालश्रम मुक्त उद्योग घोषणा कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि कृष्णप्रसाद अबालले नेपाल सरकारबाट उद्योगहरुमा बालश्रम मुक्त भईसकेको हुँदा समेत कही कतै बालश्रम मुक्त उद्योग घोषणा हुन बाँकी रहेको हुँदा आज अमन ईट्टा उद्योगले गरेको कार्यले अन्य उद्योगहरुले समेत सिको गरी आउने दिनमा पूर्ण रुपमा बालश्रम मुक्त उद्य्रोग हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले वायु प्रदुर्शण न्यूनीकरण गर्न पहल गरिरहेको अवस्थामा ईट्टा उद्योग व्यावसायीहरुलाई कमसल खाले कोईला उपलब्ध नगराई राम्रो खाले कोईलाको व्यवस्थापन गर्न अनुरोध गर्दै ...
नेपालबाट भारत तर्फ दुई सातामा पौने सात लाख किलो गोलभेंडा निकासी

नेपालबाट भारत तर्फ दुई सातामा पौने सात लाख किलो गोलभेंडा निकासी

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
रौतहट, ५ भाद्र – भारतमा गोलभेंडाको अभाव भएपछि नेपालले दुई सातामा करिव पौने सात लाख किलोग्राम गोलभेंडा (टमाटर) को भारत तर्फ निकासी भएको छ ।यो विवरण सरकारी निकायको रेकर्डमा प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भइसकेको आशंका गरिएका छन् ।भारतीय बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि गत साउन २१ गते भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि १ भदौ सम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले जनाएका छन् ।तीन वटा भन्सार कार्यालयको विवरण हेर्दा १ भदौ सम्ममा ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । ८० लाख ३६ हजार १६० रुपैयाँ मूल्य बराबरको गोलभेंडा भारत तर्फ निर्यात भएको भन्सारको तथ्याँकले जनाएको छ । भन्सार का...
नेपालका अपराधिक घटनामा बाङ्ग्लादेशी संलग्नता

नेपालका अपराधिक घटनामा बाङ्ग्लादेशी संलग्नता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – विदेशमा जागिर लगाइदिने लोभ देखाएर बाङ्ग्लादेशबाट नेपालमा ल्याएर बन्धक बनाउने अनि फिरौती उठाउने गरेको आरोपमा प्रहरीले यो साता सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेका केही बाङ्ग्लादेशीसँग नेपालको नागरिकता र केहीसँग भारतको आधार कार्ड पनि पाइएको र त्यो नक्कली भएको हुनसक्ने आशङ्का गरिएको केसीले जनाएका छन्। काठमाण्डू र ललितपुरका तीन ठाउँबाट पक्राउ गरिएका दुई नेपाली र पाँच जना बाङ्ग्लादेशीविरुद्ध अहिले काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले सङ्गठित अपहरण तथा शरीर बन्धक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ। नेपालमा लामो समयदेखि बस्दै आएका र यहाँ विभिन्न पेसा व्यवस्थामा संलग्न बाङ्ग्लादेशीहरूले नेपाली समेतसँग मिलेमतो गरी सङ्गठितरूपमा योजनाबद्ध तरिकाले बाङ्ग्लादेशबाट मानिस बोलाउने गरेको पाइएको उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बीबीसीलाई बत...
नेपालमा चिनियाँ आपराधिक गिरोहका राजनीतिक कनेक्शन

नेपालमा चिनियाँ आपराधिक गिरोहका राजनीतिक कनेक्शन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्शन खुल्न थालेको छ । उनीहरु योजनावद्ध तरिकाले नेपालमा तस्करी, प्रविधिसम्बन्धी अपराधमा संलग्न पाइएका छन् । 18 जुलाईमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरु खुल्न थालेको छ । 19 जुलाईमा भन्सार चेकप्वान्इट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सुमा लुकाई ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । जीक्वाङमाथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् । आइतवार पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध रहेको खुलेको छ । चीनसँग निकट मानिने माओवादी नेताहरु कृष्णब...
भारतले प्याजमा कर लगाउँदा नेपालमा कालोबजारी : खुद्रा भाउ किलोकै एकसय रुपैयाँ

भारतले प्याजमा कर लगाउँदा नेपालमा कालोबजारी : खुद्रा भाउ किलोकै एकसय रुपैयाँ

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ भाद्र – भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाएका छन् । भारतले गएको शनिवार निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा प्याज किलोको ५० देखि ६० रुपैयाँमा पाइन्थ्यो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँसम्म पुगिसकेको छ । व्यापारीले मौकाको फाइदा उठाउँदै पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर कालोबजारी गरेका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती घट्दै गएको छ । भारतसँग निर्भरता बढ्दा उपभोक्ताले महँगीको मार खेप...
चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे

चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ। चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित नाकावन्दी हो। चीनियाँ वजारमा गएर ब्यापार गर्ने स्थानीयलाई अहिले सीमा क्षेत्रमा पुग्न समेत रोक लगाईएको छ। नाकावन्दीका कारण उनीहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामग्रीको मुल्य आकाशिएको छ। काठमाण्डौं हुँदै पुग्ने सामानको मुल्य ३ देखि ४ गुणा महंगो भएको मुस्ताङको लोमान्थाङका स्थानीयवासी छिरिङ तार्गे वताउँछन्। दोस्रो कारण सीमामा हुने मिचाहा प्रवृत्ति हो। अधिकांश सीमास्तम्भ नेपालतर्फ सारिएका छन्। तर, त्यसलाई राज्य नै लागेर छोपछाप गर्ने प्रयास गरिरहेको उनीहरु वताउँछन्। हुम्लाको लीमी लाप्चामा देखिएको सीमा समस्या त्यसको उदाहरण हो। मातृ...
सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझाएको छ । मंगलबार सीआईबीले उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हाे ।जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ । ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणा पनि प्रतिवादीको सूचीमा छन् । भूमाफियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकारका रूपमा राखिएको छ ।सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।यसमध्ये २०६६ सालम...
“जाहेर गरिएको प्रतिवद्धता पुरा गर्दै ज्ञानोदय स्ववियु अध्यक्ष यादव”

“जाहेर गरिएको प्रतिवद्धता पुरा गर्दै ज्ञानोदय स्ववियु अध्यक्ष यादव”

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईखजुरा, ३ भाद्र - खजुरा गाउँपालिका बाँके वडा नम्बर ३ मा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा २०७९ चैत्र ०५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अध्यक्षमा निर्वाचित विनयकुमार यादवले गरेका प्रतिवद्धता पुरा गर्दै छन् ।उनले गरेका प्रतिवद्धता अनुसार क्याम्पसमा खानेपानीको समस्यालाई व्यवस्थापन गर्दै स्वच्छ खानेपानीका लागि पहल गरी शुद्धीकरण गर्ने Filter जडान गरिएको छ । उक्त फिल्टर व्यवस्थापनका लागि विशेष सहयोग गर्ने क्याम्पस प्रमुख लगायत क्याम्पस परिवार, स्ववियु परिवार र सिद्धार्थ बैँक खजुरा शाखालाईअध्यक्षले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका छन् ।जसरी हामी प्रतिवद्दता जाहेर गरेका थियौं त्यसरी नै हामीले गरेका प्रतिवद्धता हामी पुरा गर्ने छौ भनेर अध्यक्ष यादवले जानकारी दिनुभयो ।क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा सदैव अग्रसर रहि आफ्नो तह तपका देखि लागिपर्ने प्र...
ईप्रकाद्वारा अठार लाख बराबर गाडी सामान बरामद

ईप्रकाद्वारा अठार लाख बराबर गाडी सामान बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ३ भाद्र - ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ ।पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाण्डौ तर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनियाबाट नियन्त्रणमा लिएको छ ।काठमाण्डाै महानगरपालिका वडा नं. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।...