Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा

चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ भाद्र – अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्नसक्ने अधिकार प्रदान गरेको छ । प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ । बाइडेन प्रशासनले यो आदेश विशेषगरी तीनवटा संवेदनशील क्षेत्रतर्फ मात्रै लक्षित रहेको स्पष्ट पारेको छ । चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय ...
सुन तस्करी आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ भाद्र – प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको परिचय प्रहरीले दिन चाहेको छैन। उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। यसअघि यहि प्रकरणमा सीआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । प्रहरीले यो प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको सुन गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।...
एमसिसी परियोजना अन्तर्गत प्रसारण लाइन निर्माण गर्न मकवानपुरमा सुरू भयो जग्गा अधिग्रहण प्रक्रिया

एमसिसी परियोजना अन्तर्गत प्रसारण लाइन निर्माण गर्न मकवानपुरमा सुरू भयो जग्गा अधिग्रहण प्रक्रिया

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ भाद्र – एमसिसी सम्झौता अनुसारको परियोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप-महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ। सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवे...
अध्यक्ष ढकालले नेपालमा लगानीको समृद्धिको सम्भावनालाई उजागर गरेका छन्

अध्यक्ष ढकालले नेपालमा लगानीको समृद्धिको सम्भावनालाई उजागर गरेका छन्

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, (डेस्क) १ भाद्र – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, दक्ष जनशक्तिले भरिपूर्ण लगानी गन्तव्यका रूपमा बढ्दो कदमा जोड दिनुभयो । बजार पहुँच, र लाभदायक व्यापार सम्झौता भएको बताउनुभयो ।चाइना साउथ एसिया बिजनेस फोरमको तर्फबाट आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल कोअपरेसन प्रमोशन एण्ड इन्टरप्राइज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै ढकालले भने, “नेपालको प्राकृतिक स्रोत साधन, शिक्षित जनशक्ति, बजार पहुँच र चीन र भारतसँग भएका प्राथमिकताका व्यापार सम्झौताहरू हुन् । यसलाई एक आशाजनक लगानी गन्तव्य बनाउनुहोस् ।“अध्यक्ष ढकालले युनान र नेपालका भौगोलिक समानता र जलस्रोतले भरिपूर्ण रमणीय परिदृश्य लगायतका समानान्तर विशेषतालाई प्रकाश पारेका थिए ।अध्यक्षले कुनमिङ र नेपालको पोखरा बीचको भगिनी सहर सम्बन्धको प्रशंसा गर्दै सांस्कृतिक आदानप्रदा...
President Dhakal Highlights Thriving Investment Potential in Nepa

President Dhakal Highlights Thriving Investment Potential in Nepa

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
Kunming, Yunnan Province, China, August 18, 2023, President of the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI) Chandra Prasad Dhakal emphasized Nepal's burgeoning stature as a promising investment destination, underpinned by its wealth of natural resources, skilled workforce, market access, and advantageous trade agreements. Addressing the China (Yunnan)-Nepal Industrial Cooperation Promotion and Enterprise Matchmaking Meeting held as part of the China South Asia Business Forum, Dhakal said, " Nepal's wealth of natural resources, educated workforce, market access, and preferential trade agreements with China and India make it a promising investment destination." President Dhakal highlighted the parallel attributes shared by Yunnan and Nepal, including geographi...
चिनियाँ कम्पनीले ठेक्का लिएको मुग्लिन-पोखरा सडक अलपत्र

चिनियाँ कम्पनीले ठेक्का लिएको मुग्लिन-पोखरा सडक अलपत्र

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ श्रावण – चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन-आबुखैरेनी-पोखरा सडकखण्ड निर्माण सम्पन्न हुने म्याद सकिने समय नजिकिँदै गर्दा काम अलपत्र पारेको छ। २०७७ साल माघ १७ गते सम्झौता भई २०८१ बैशाखमा सम्पन्न गर्ने भनेको भनिए पनि ८ महिनामात्र बाँकी रहँदा २० प्रतिशत पनि काम गर्न सकेको छैन । चिनियाँ कम्पनीले दुई खण्डमा विभाजन गरी काम सम्पन्न गर्ने बताए पनि नेपाली ठेकदारसँगको विवाद सिर्जना गर्दै काम अलपत्र पारिरहेको छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको बताइएको थियो। दुवै खण्डको हालसम्मको प्रगति २० प्रतिशत पनि हुन सकेको छैन । काम सम्पन्न गर्नुपर्ने म्याद ८ महिना बाँकी रहँदा प्रगति सुस्त भएर समयमै सम्पन्न हुनेमा शङ्का उब्जिएको छ। त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । यो खण्डमा कामको गति झ...
चिनियाँका गोदाममा सिआइबीको छापा

चिनियाँका गोदाममा सिआइबीको छापा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ श्रावण – प्रहरीले करिब सय केजी सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका थप गोदाम पत्ता लगाएर छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुकेधारा, चप्पल कारखाना, बाँसबारी, सामाखुसीलगायत स्थानमा चिनियाँले भाडामा लिएका घरमा छापा हानेको हो । ती गोदाममा पनि सुन लुकाउन प्रयोग भएका थप सामान भने बरामद भएका छन् । साथै चिनियाँलाई सहयोग गर्ने केही नेपालीलाई पनि नियन्त्रणमा लिएर सिआइबीले सोधपुछ गरिरहेको छ । केही दिनयता कम्तीमा थप पाँच गोदाममा छापा हानिएको, तर सुन भने बरामद हुन नसकेको सिआइबी स्रोत बताउँछ । तर, ती घर पनि तस्करीको सुन लुकाउन प्रयोग हुँदै आएको पुष्टि भएको छ । ती ठाउँबाट सुन लुकाउन प्रयोग भएका ब्रेकसुलगायत सामान बरामद भएको छ । साथै, चिनियाँका कम्तीमा चार नेपाली सहयोगी पक्राउ परेको स्रोत बताउँछ । ‘तर, तस्करीमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरूलाई ...
चिनियाँ नागरिक अवैध रकमसहित पक्राउ

चिनियाँ नागरिक अवैध रकमसहित पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ श्रावण – अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई आज राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ ।...
नेपालले ३० टन गोलभेडा भारत निर्यात गर्याे

नेपालले ३० टन गोलभेडा भारत निर्यात गर्याे

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ श्रावण –भारतमा उत्पादन घट्दा नेपालबाट एक महिनामै ३० टन गोलभेडा निर्यात भएको छ । उत्पादनमा आएको गिरावटले भारतमा गोलभेडाको भाउ आकासिएपछि चालु आर्थिक वर्षको साउन २८ गतेसम्म एक महिनाको अवधिमा काकडभिट्टा र भैरहवा नाकाबाट उक्त परिमाणको गोलभेडा निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार तरकारी बालीलाई भारतले प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेपछि नेपालबाट गोलभेडा निर्यात हुन थालेको हो । ‘गोलभेडा, हरियो मटरकोसा, हरियो खुर्सानी लगायत तरकारी बालीलाई प्यान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेर सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएका थियौं’ मन्त्रालय प्रवक्ता सबनम सिवाकोटीले भनिन् ‘भारतले शर्तसहित केही निश्चित समयलाई आयात खुला गरेपछि निकासी सुरु भएको हो ।’यसलाई निरन्तरता दिन थप पहल भइरहेको उनको भनाइ छ । निर्यातलाई निरन्तरता दिन सकेमा ...
फत्तेबाल आँखा अस्पतालबाट अकुलोप्लास्टि र कर्निया सेवा शुरु

फत्तेबाल आँखा अस्पतालबाट अकुलोप्लास्टि र कर्निया सेवा शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – फत्तेबाल आँखा अस्पतालमा १ महिना अगाडीबाट सेवा प्रदान गर्दै १५ जना बिरामीहरुलाई सेवा दिईसकेको भएतापनि आज बुधबारदेखि आँखा सम्बन्धी अकुलोप्लास्टि र कर्नियाका बिरामीहरुको लागि विधिवत सेवा सुचारु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट तथा उपमेयर कमरुद्दीन राईले संयुक्त रुपमा अकुलोप्लास्टि र कर्नियाको उद्घाटन गर्दै आँखा सम्बन्धी उपचारमा यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको फत्तेबाल आँखा अस्पतालको प्रशंसा गरेका छन् ।मेयर बिष्टले आफू निर्वाचित भएर आएदेखि नै बाटो, पुल आदि बनाउनुका साथै उपमहानगरबासीहरुलाई स्वास्थ्य राख्ने उद्देश्यका साथ विगतमा फत्तेबाल आँखा अस्पतालसँग सहमति गरी ५ सय बिरामीहरुलाई मोतियाबिन्द सम्बन्धी उपचार गराई अन्धोपन हुनुबाट जोगाउन सफल भएको बताउनुभयो ।गत वर्षमा उपमहानगरभित्र ७ सय जना आँखा बिरामीहरुको अन्धोपन हटाउन सफल भएको हुँदा अब आउ...