रिलिजअघि थलापतिको गोटले कमायो २४३ करोड
काठमाण्डौ, ३० बैशाख – विजय थलापतिको आगामी फिल्म ‘गोट’ (द ग्रेटेस्ट अफ अल टाइम) तमिलमा सर्वाधिक बहुप्रतिक्षित फिल्म मध्ये एक हो । अभिनेताका फ्यानहरुले लामो समयदेखि यो फिल्म हलमा रिलिज हुने दिन पर्खिरहेका छन् ।
फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । यसको ट्रेलर छिट्टै रिलिज हुने बताइएको छ । चलचित्र रिलिज नहुँदै फिल्मले व्यापार गर्न थालिसकेको छ । फिल्म निर्माताहरूले फिल्म पार्टनर फाइनल गरिरहेका छन् । हालै ‘गोट’को स्याटेलाइट पार्टनरको नाम फाइनल गरिएको थियो । मेकरहरूले स्याटेलाइट अधिकार चर्को मूल्यमा बेचेको खुलासा भएको छ ।
९३ करोडमा बेचियो स्याटेलाइट अधिकार
इन्डियाग्लिट्ज तमिलको रिपोर्ट अनुसार निर्माताहरूले राष्ट्रिय टेलिभिजन पार्टनरसँग सबै भाषाका लागि स्याटेलाइट अधिकार बेचेका छन् । विजयको आगामी फिल्मको सेटलाइट अधिकार ९३ करोड भारुमा बिक्री भएको छ । विजयको अघिल्लो फिल्म ‘लियो’ले भन...









