Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

कर्णाली प्रदेश कै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

कर्णाली प्रदेश कै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सुर्खेत, २३ बैशाख – सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ ।पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो ।‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ विभागले भनेको छ । होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो ।कर्णाली प्रदेसकै सुबिधा सम्पन्न उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा रहेका छन् ।साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्टको मज्जा समेत होटलमा लिन सकिन्छ ।यस्तै फिट...
अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने अनुमानकाठमाण्डौ, १९ बैशाख – अर्थमन्त्री वर्षमान पुनले अब सरकारले भारत र चीनकाे बजार हेरेर नीति बनाउने बताएका छन्‌ । काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्याशालामा बोल्दै मन्त्री पुनले भारत र चीनको बजारका आधारमा नेपालको नीति बनाउने जनाएका हुन् । ‘नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरू भारत र चीनको बीचमा छ, ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नेमा सरकार रहेको छ,’ पुनले भने, ‘अब हामीले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेछ ।’ भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै अर्थमन्त्री पुनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरे। नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन स...
नेपाल-भारत मैत्री संघले जरलहवा बस्तीका १०५ अग्नीपीडित परिवारलाई दियो राहत

नेपाल-भारत मैत्री संघले जरलहवा बस्तीका १०५ अग्नीपीडित परिवारलाई दियो राहत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ बैशाख – नेपाल-भारत मैत्री संघले महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागीपीडितलाई राहत वितरण गरेको छ । संघको केन्द्रीय कार्यालयको प्रतिनिधि टोलीले आगलागी क्षेत्रमा गएर एक सय पाँच परिवारका लागि राहत वितरण गरेको हो। संघका महासचिव बोधकृष्ण सुबेदीका अनुसार २१० वटा झुल, तन्ना र कच्चा कपडा सेट वितरण गरिएको छ । त्यस्तै, लुंगी, टिसर्ट, साडी, ब्लाउज कपडा, पेटीकोट, च्यादर पनि १०५ परिवारका लागि वितरण गरिएको उनले बताए। गत साताको आगलागीका कारण जलरहवामा सयौँ घर जलेका थियौँ। १०५ परिवार विस्थापित भएका छन्। यसबाट ४५५ जना व्यक्ति प्रत्यक्ष प्रभावित भएको नागरपालिकाको आकडाँ छ। आगलागीपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक संघसंस्थालाई अपिल गरेको थियो। सोहीअपिल अनुसार मैत्री संघले राहत वितरण गरेको संघका महासचिव सुवेदीले...
भारतीय र नेपाली व्यापार व्यापारीबीच जलविद्युत, पर्यटन र कृषिमा सहकार्यको सम्भावना

भारतीय र नेपाली व्यापार व्यापारीबीच जलविद्युत, पर्यटन र कृषिमा सहकार्यको सम्भावना

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ बैशाख – नेपालमा लगानी सम्मेलन सकिएको भोलिपल्ट मंगलबार ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ आयोजना भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा गरेको समिटले ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रमा छलफल गरेको छ। बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए। नेपाल-भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारीबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् । मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो ...
जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ बैशाख – नेपालगन्जमा बहुद्देश्यीय सहकारी संस्थाहरुको छाता संगठन बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेको आठौं र नवौं बार्षिक साधारण सभा बैशाख आज बुधवार सम्पन्न भएको छ ।अध्यक्षतामा नयाँ कार्य समिति बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीको अध्यक्षता, कोहलपुर सहकारी संस्था लि.का अध्यक्ष पारसनाथ थारुको प्रमुख आतिथिले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुको भएको थियो ।प्रमुख अतिथि पारसनाथ थारुले उद्घाटन गर्दै आफ्नो सिद्धान्तले अगाडी बढौं । नीति परिर्वतन गरौं हामीले सहयोग गर्छौं । बाहिरको तत्वहरुले नडराउँ, सही तरीकाले काम गरौंंं । ऋषिराज चौधरीले सञ्चालन गरेका कार्यक्रममा राष्ट्रिय सहकारी संघ बाँकेका प्रमुख प्रकाश थपलिया, जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, जिल्ला बचत तथा ऋण सहकारी संघक...
यही आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री

यही आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएका छन्। मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताएका हुन्। ‘उक्त सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बज...
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख – अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले प्रेस विज्ञप्तिमार्फत, अफगानिस्तानमा यस वर्ष दुई करोड ३७ लाख मानिसहरूलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ । संयुक्त राष्ट्रको अनुमान अनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिसहरूले खाद्य असुरक्षा संकट र आपतकालीन स्तरहरू अनुभव गर्नेछन् । त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा गर्न संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट माग गरेको खामा प्रेसले जनाएको छ । यसैबीच, पाकिस्तान, इरान र टर्कीजस्ता सीमा जोडिएका छिमेकी देशबाट जबरजस्ती निर्वासनका प्रतिवेदन आएको र यसले मानवीय सङ्कटलाई अझ बढाएको छ । अफगानिस्तान केही समयदे...
दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए । दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समा भने, “हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनको डिजाइनलाई स्वीकृति दिएका छौँ, एक खर्ब २८ अर्ब एइडी ९३४ अर्ब ८५ करोड अमेरिकी डलर० को लागतमा भवनको निर्माण सुरु भइरहेको छ ।” एक पटक पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने’ सरकारले एक विज्ञप्तिमा जनाएको छ । शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’ को हुनेछ र ‘हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच ग...
लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव

लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – तेस्रो लगानी सम्मेलनमा लगानीकर्तालाई आश्वस्त पार्नेगरी सरकारले पूर्वतयारी र वार्ता प्रकृया अघि बढाउन नसक्दा महत्वपूर्ण चार परियोजनामा कुनै सम्झौता नहुने भएको छ । सम्मेलन आयोजनाको तयारीदेखि नै सरकारले जोडतोडले प्रचार गरेका पौने दुई खर्बका चार परियोजनामा तत्काल कुनै सम्झौता नहुने भएको हो । प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्ड कार्यालयले आवश्यक पूर्वतयारी नगर्दा चीन-नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी – २ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्सन (२५० मेगावाट) र डाबर नेपालसँग सम्झौता नहुने भएको हो । यी आयोजना विकास गर्न सरकारले प्रवर्द्धकहरूसँग परियोजना विकास सम्झौता (पीडीए) र परियोजना लगानी सम्झौता (पीआइए) गर्ने जनाएको थियो । चीन-नेपाल मैत्री औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी-२ जलविद्युत आयोजना र ग्रीड कनेक्टेड सोलार आयोजनासँग पीडीए र डा...
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ बैशाख – आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अरबपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा बसेकाे एएफपीका पत्रकारले बताएका छन् । एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका थिए । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउनका लागि काम गर्न उनले प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरेका थिए । सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकताहरू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन् । मस्क दिउँसो एक बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार भएका थिए । ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधा...