Friday, February 14सत्यम खबर
Shadow

जेसिज साप्ताहिकमा उधमसिल युबा तथा बैंकिङ साक्षरता

नेपालगन्ज, २६ बैशाख – नेपालगन्ज जेसिज साप्ताहिक कार्यक्रम २०२४ अन्तर्गत पाँचौ कार्यक्रम उधमसिल युबा तथा बैंकिङ साक्षरता कार्यक्रम आज नेपालगन्ज उध्योग बाणिज्य संघको सभाहलमा नबिल बैंकका डिसिओ मनोज ज्ञवाली उधाेग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जिबी ओलि, नेपालगन्ज उपमहानगरपालिका सहकारी प्रमुख प्रबिन रानाको उपस्थितिमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा वर्तमान अर्थ व्यवस्था र उद्यमसिल युवालाई बिषय बनाएर ३ जना बक्ताले उपस्तिथ सहभागिको जिज्ञासा् मेटाएका थिए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ, जिल्ला सहकारी संघ, नेपालगन्ज उपमहानगरपालिकको सहकार्यता रहेको थियो ।

अथितिमा बर्दिया जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि रबि सिंह महतारा, नेपालगन्ज उध्योग बाणिज्य संघका पुर्ब अध्यक्ष नन्दलाल वैश्य, नेपालगन्ज जेसिज बर्ष २००४ का अध्यक्ष जेसि रोशनकुमार श्रेष्ठको उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा ज्ञवालिले बर्तमान आर्थिक संकट कसरी आयो र अब के गर्न सकिन्छ भन्ने कुरामा स्पस्ट गराउनु भयो र राजनैतिक अस्थिरताले गर्दा नै अहिलेको परिस्थितिको सृजाना भएको, यो टर्न सरकार स्थिर भयो भने मात्र सम्भब छ् भन्ने आशय ब्यक्त गर्नुभयो।

उपमहानगरपालिका सहकारी भिभाग प्रमुख प्रबिन राना ज्युले सहकारीले पनि बैंक जस्तो काम गरेको र उनिहरुले सदस्यको पैसा मात्र नभएर भरोसा जम्मा गर्न सके सहकारी फस्टाउने बताउनु भयो । त्यस्तै नेपालगन्ज उधाेग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले देशमा उपोभक्ता युबा नै कम भएको त्यसकारण अहिले बजार चहलपहलमा कमि भएको बताउनु भयो।
कार्यक्रमको मुल संयोजक जेसि मोहितबाबु शर्मा र संयोजक जेसि एन्थस केसी सहसंयोजक, जेसि राधा बैश्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *