नेपालगन्ज, ६ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालयले मानवीय सहकार्यमा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको नेपाल रेडक्रस सोसाईटी बाँकेको पुरैनी उपशाखालाई सोफा, टि–टेबुल हस्तान्तरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष राजकुमार साहूले दिएको जानकारी अनुसार नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखालाई आज १ थान सोफा र १ थान टि टेबुल करीब ५० हजार मूल्य बराबर सामग्री हस्तान्तरण गरेको बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालय सचिव र अध्यक्षको रोहवरमा उपशाखा सभापति शिवकुमार बर्माले उक्त सामान बुझाएको बताए ।
वडा नं. २१ द्वारा प्रदान गरिएको सामान अफिस प्रयोजनको लागि भएको जानकारी गराउँदै सभापति बर्माले उक्त सामान नभएको अवस्थामा कार्यालयमा पहुनाहरुलाई उठबस गर्न समस्या भएको हुँदा आफूहरुले मांग गरे अनुसार आज २१ नं. वडा कार्यालयले सहयोग गरेको बताए ।