एक सय छब्बिस बालश्रमिक परिवारलाई खाद्यान्न वितरण
नेपालगन्ज, ८ असोज – बाँके युनेस्को क्लबद्वारा नेपालगन्जका अति जोखिममा रहेका १ सय २६ जना बालश्रमिकका परिवारलाई खाद्यान्न राहात सामाग्री वितरण गरिएको छ ।विश्व शिक्षा इन्टरनेशनलको आर्थिक सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको सक्रिय परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरको समन्वयमा बुधवार नेपालगन्जका अति जोखिममा रहेका बालश्रमिकका १ सय २६ परिवारलाई खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
कोभिड १९ को महामारीको बेला अतिनै जोखिममा रहेका बालश्रमिकका परिवारलाई छाक टार्न सहयोग मिलोस् भन्ने उदेश्यले खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।क्लबका अध्यक्ष राजेन्द्र चौधरीले अतिनै जोखिमपुर्ण अवस्थामा रहेका बालश्रमिकका परिवारलाई यो राहात सामाग्रीबाट केही दिनका लागि ठुलो सहयोग पुग्ने बताउँदै सहयोग उपलब्ध गराउने विश्व शिक्षाप्रति आभार...








