लकडाउन हुने भन्ने हल्ला मात्रै हो, तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल
काठमाण्डौ, १६ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको कारण तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताउनु भएको छ । उहाँले कोरोनाको जोखिम हटि नसकेको भन्दै स्वास्थ्य सुरक्षा र सावधानी अपनाई दैनिक व्यवहार क्रियाकलाप गर्न सबैमा आग्रह गर्नुभएको छ ।
लकडाउन हुने भन्ने हल्ला चलेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिहरु आज स्वास्थ्यमन्त्री ढकाललाई भेट्न पुगेका थिए । उनीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको मन्त्रीलाई सुनाएका थिए ।प्रतिउत्तरमा मन्त्री ढकालले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताउनु भएको छ । उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने...









