Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, २९ असोज – सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ ।गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहमा पत्राचार गरेको छ । केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तको भत्ता रोक्का थियो । विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो ।६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ख वर्गका परिचय पत्र भएका लाभग्राहीले मासिक एक हजार छ सयका दरले भत्ता पाउँछन् ।...
सहकारीको साख बढाउन म्यानेजर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ  : सांसद केसी

सहकारीको साख बढाउन म्यानेजर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ : सांसद केसी

आर्थिक, श्रम/रोजगार
बागलुङ, २६ असोज – नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनकुमारी जिसी केसीले आम समुदायको दुखको साथी बनेको सहकारी क्षेत्रको साख बढाउनका लागि म्यानेजर्सहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । कोअपरेटिभ म्यानेजर्स क्लव (सिएसी) बागलुङले सोमबार आयोजना गरेको जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघका अध्यक्षहरुसँगको परिचय तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै सांसद केसीले यस्तो बताउनुभएको हो । आम सहकारीकर्मीहरुको बल र मेहनतका कारण आज सहकारी क्षेत्र आम समुदायको विपदको साथी बन्दै गएको छ, सांसद केसीले भन्नुभयो– कतिपय सहकारीहरुका कारण यसलाई कमजोर बनाउने काम पनि हुँदै आएकाले यसको साख बचाउनका लागि म्यानेजर्सहरुको भूमिकालाई थप शसक्त बनाउनु पर्दछ ।सहकारी अभियानलाई बलियो बनाउनका लागि अभियानकर्मीहरुको ऐक्यवद्धतामा जोड दिदै सांसद केसीले क्षणिक ...
डेढ लाख बढीको अवैध सामान बरामद

डेढ लाख बढीको अवैध सामान बरामद

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २५ असोज – नेपालगन्जको जमुनाहमा रहेको सशस्त्र प्रहरी बल विओपीले भारतबाट अवैध रुपमा भिœयाउँदै गरेको अवस्थामा विभिन्न सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षण जिवलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको टोलीले नेपालगन्ज–१६ जयसपुरस्थित दशगजा नजिक भारतबाट नेपालतर्फ अपैध रुपमा युपी ४० एम ४८६७ नम्वरको मोटर साइकलमा सामान ल्याउँदै गरेको अवस्थामा उक्त सामाग्री बरामद गरेको छ । तस्करहरु सामान र मोटर साइकल छाडेर फरार भएका थिए । सशस्त्र प्रहरीका अनुसार कस्मेटिक सामान, कपडा, चप्पल, सूर्तिजन्य पदार्थल र मोटर साइकल सहित करिव १ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बरामद गरिएको जनाएको छ । बरामद सामान नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्रले जनाएको छ ।...
खजुरा गाउँपालिकालाई बि–गु्रपको सहयोग

खजुरा गाउँपालिकालाई बि–गु्रपको सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २४ असोज – भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले कोरोनाले गर्दा सृजना गरेको समस्यालाई कम गर्नको लागि शुक्रबार खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहित विभिन्न सामान सहयोग गरेको छ । कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिका र वडा नम्बर ३ का स्थानीयलाई हात धुनका लागी प्रयोग गरिने बाल्टिन र साबुन प्रदान गरेको छ ।बि–गु्रपले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत खजुरा गाउँपालिकामा कोरोनाबाट बच्नका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री, स्थानीयलाई जनचेतनामा मुलुक कार्यक्रम गर्दै आएको छ । शुक्रबा बि–गु्रपका कार्यसमिति सचिव टेक बहादुर पुनले खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक र ३ नम्बर वडा अध्यक्ष कान्तीराम गौतमलाई स्वास्थ्य सामाग्री प्रदान गरे ।बि–गु्रपले गाउँपालिका र वडा कार्यालयलाई ...
मोरिङ्गा प्रोडक्ट नेपालगन्जमा

मोरिङ्गा प्रोडक्ट नेपालगन्जमा

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २३ असोज – नेपालगन्जमा मोरिङ्गा प्रोडक्ट आजबाट पाउन सुरु गरेको छ । माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपालबाट उत्पादित तथा आफै प्याकेजिङ्ग गरि पुर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडर नेपालगन्जमा पुगेको छ । नेपालगन्जको बाईपास जनरल अर्डर सप्लायर्स बाईपास मोड कारकाँदो नेपालगन्जमा उपलब्ध रहेको छ र फ्री होम डेलिभरिको ब्यवस्था समेत रहेको हेमन्तराज काफ्लेले जनाएका छन् ।धेरै बर्षदेखि सितल चिनि कै प्रचार गर्दै आएका हरित अभियन्ता काफ्लेले नेपालगन्ज बजारमा उक्त प्रोडक्ट ल्याएका छन् । उनलाई मोरिङ्गा बाड्दा बाड्दा मोरिङ्गा बाबा समेत भन्ने गरिन्छ । मोरिङ्गाको बिरुवा बाड्दा बाड्दा मानिसहरुको अभिरुची अनुसार यो प्रोडक्ट बजारमा ल्याएको उनी बताउछ्न । उनीसँग धादिङका सन्तोष सापकोटा र पुर्ब मन्त्री भक्तबहादुर बलायर पनि सँगै छन् । पुर्ब मन्त्री बलाएर माउन्टेन मोरिङ्गा एन्...
विओपीले समात्यो ९० हजार बढीको अवैध सामाग्री

विओपीले समात्यो ९० हजार बढीको अवैध सामाग्री

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २२ असोज २२ – सशस्त्र प्रहरी बल विओपीले नेपालगन्जको टंकपसेरीबाट भारतबाट भिœयाउँदै गरेको अवस्थामा विभिन्न सामाग्री वरामद गरेको छ । सशस्त्र प्रहरी नायव निरीक्षण कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको टोलीले ९० हजार ४ सय बढीको सामाग्री बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपले भिœयाउँदै गरेको मोटरसाइकलका पार्टस्, जुत्ता, पेन्ट, कपडा, खाद्यान्न लगायतको सामान नेपालगन्ज १५ टंकपसेरीस्थित दशगजा नजिकबाट बरामद गरिएको सशस्त्रले जनाएको छ ।बरामद सामान नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ । सीमानाका सील गरिए पनि अवैध चोरी पैठारी भने रोकिएको छैन् ।...
नरैनापुरद्वारा प्रदेश सरकारसँग विकासका योजना माग

नरैनापुरद्वारा प्रदेश सरकारसँग विकासका योजना माग

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
नरैनापुर, २१ असोज – नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसँग विकासका योजना माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भई अहिले विस्तारै विकास पथमा लम्कँदै गरेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसी नमुनासँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष विकासका योजना माग गर्नुभएको हो ।‘नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर तोकता गरिरहेका छौं, विकास...
भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० असोज – नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं. ५ मन्त्री परिषदको निर्णयको स्वागत गरेको छ । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधानी भने बाँकेमा बनाउनु पर्ने जोडदार माग गरेको छ ।संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गर्दै पश्चिम नेपालको केन्द्र नेपालगन्ज, प्रदेशको राजधानी हुन सबै प्रकारले योग्य हुँदाहुँदै पनि यसलाई नजरअन्दाज गरिएको उल्लेख गरेका छन् । संघ लगायत बाँकेबासीले प्रदेश संरचना निर्माणको बहस शुरु हुँदादेखि हालसम्म नेपालगन्जलाई राजधानी बनाउनुपर्छ भनि संघर्ष गरेको स्मरण गरेको छ । बिज्ञप्तीमा भनिएको छ,– प्रदेश संसदले नाम र राजधानीको टुङ्गो लगाउँदै गर्दा फेरी पनि राजनीतिक नेतृत्वहरुको ध्या...
राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १९ असोज – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा, सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।सहकारी बैंकले सदस्य संस्थाहरुका लागि सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुको जानकारी तथा समिक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरुलाई सहजीकरण गरेर सहज रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका...
युनेस्कोद्वारा विपन्नलाई आयआर्जनका लागि सामाग्री सहयोग

युनेस्कोद्वारा विपन्नलाई आयआर्जनका लागि सामाग्री सहयोग

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ असोज – कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई आय आर्जनमा सहयोग गर्ने उदेश्यले युनेस्को बाँकेले बैजनाथ गाउँपालिकामा विभिन्न सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको साझेदारी र गिभ २ एसिया तथा मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको क्लबले जनाएको छ । कोभिड १९ का कारण अति जोखिममा रहेका बैजनाथ गाउँपालिकाका १ देखि ४ नम्बर सम्मका चार वटा वडाका २४ परिवारलाई विभिन्न सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले सो गाउँपालिकामा आठ वटै वडाका १ सय २८ परिवारलाई आयआर्जनका लागि विभिन्न सामाग्री सहयोग गर्ने योजना रहेको जनाउँदै सबैलाई क्रमशः वितरण गरिंदै जाने बताउनुभयो । एक परिवारलाई २५ हजार रुपियाँ बराबरको सामाग्री वितरण गरिएको हो । ...