Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

अनलाईन बिजिनेस फेस्टिबल शुरु, १५ सय जनाद्वारा अवलाेकन

अनलाईन बिजिनेस फेस्टिबल शुरु, १५ सय जनाद्वारा अवलाेकन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २९ माघ - नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिबल शुरु भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो । प्रमुख शाहले अनलाईन तथा ईन्टरनेटमार्फत स्थानीय स्तरमा उत्पादन गरिएका सामानहरुको अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको बताउनुभयो । प्रमुख शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो । फेस्टिबलको पहिलो दिन करिब १५ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न खानाका परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, शैक्षिक जानकारीमूलक सामाग्री, स्टेण्डप कमेडीहरु लगायत रहे...
बि–ग्रुपद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बि–ग्रुपद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – भेरी वातावरणीय विशिष्टता समुह–बी (ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत भेरी अस्पतालमा रहेको कोभिड–१९ आईशोलेशन वार्डका लागि कोभिड संकट ब्यवस्थापन केन्द्रमार्फत भेरी अस्पताललाई २०० सेट स्वास्थ्य सुरक्षा सामग्री (आईशोलेशन किट्स) हस्तान्तरण गरेको छ ।सो हस्तान्तरण गरिएको एक सेटमा ८४ थान मेकिल मास्क, हेण्ड सेनिटाईजर १ बोतल, डिजिटल थर्मोमिटर १ थान, पल्स अक्सिमिटर १ थान टिस्यु पेपर २०० थान, सर्जिकल ग्लोभस ५० जोडी रहेको छ । सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बि–ग्रुपका सचिव टेकबहादुर पुनले भेरी अस्पतालका मेडिकल सुपरि टेन्डेन डा. प्रकाश थापा र भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।सो हस्तान्तरण कार्यक्रममा भेरी अस्पताल बिकास समितिका सदस्य धनराम ओलीले आगामी दिनहरु...
आफ्नै खर्चमा बनाए वडाध्यक्षले जिम सेन्टर

आफ्नै खर्चमा बनाए वडाध्यक्षले जिम सेन्टर

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २६ माघ – खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्ल विकासमा निकै अग्रसर बन्दै आएका छन् । उनी आसन र भाषणमा त्यति ध्यान पु¥याउदैनन् । आफ्नो अधिकांश समय वडाको विकास र जनताको पिरमर्का बुझ्न् खर्च गर्ने उनको स्वभाव सहयोगी छ । उनले आफुले पाउने सेवा सुविधाबाट सामाजिक काम र लक्षित वर्गमा खर्चिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ जयकिसान स्पोर्ट्स क्लबको भवन र त्यसमा जिम सेन्टर । आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले जिम सेन्टर निर्माण गरेको अध्यक्ष मल्ल बताउँछन् । तत्कालीन मध्यपचिम खेलकुद विकास समितिबाट २ पटक गरि ५ लाख सहयोग हुँदा बाँकी सबै रकम वडाध्यक्ष मल्लले सहयोग गरेको सचिव चिरञ्जीवी पाण्डे बताउँछन् ।मैटहवा माबिसँगै रहेको जिम सेन्टरमा पुगेर खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, कार्यपालिका सदस्य फत्तेकुमारी ज...
नेपालगन्जमा टि फेस्टिभल हुने

नेपालगन्जमा टि फेस्टिभल हुने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ माघ – नेपालगन्जमा टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुने भएको छ । आगामी आईतबार भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले फेस्टिभलको आयोजना गर्न लागेको छ ।भिन्टेज कलेजले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर फेस्टिभलका बारेमा जानकारी दिएको छ । फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले सञ्चालन गर्ने छन् । सम्मेलनमा फेस्टिभलकी संयोजक जया घलेले फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, ह्वाइट टीलगायत विभिन्न २० प्रकारका चिया फेस्टिभलमा राखिने बताइन् ।सम्मेलनमा भिन्टेज कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले चियाका बारेमा हामीलाई धेरै कुरा थाहा नभएको उल्लेख गरे । मल्ले भने, ‘बाँकेमा चिया उत्पादन हुँदैन तर चिया पारखी भने धेरै छन् । यहाँ चियाको रंग कालो हुन्छ भन्ने मात्र थाहा छ । हामिले ग्रीन टि पनि खान जनेका छैनौ । यहाँसम्मकी हामीलाई चिया...
अनलाईन बिजिनेश फेस्टिबल नेपालगन्जमा हुने

अनलाईन बिजिनेश फेस्टिबल नेपालगन्जमा हुने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २४ माघ - नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो । आयोजकले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गतेदेखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल आयोजना गर्न लागेको जानकारी दिएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, स्टेण्डप कमेडीहरु लगायतका रहेको आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो । यस प्रकारको फेस्टिबल नेपालमै पहिलो भएको प्रमुख शाहको दाबी छ । शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो । कोभिड–१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडि परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिबलको आयोजनाले केहि मात्रामा भएपनि स...
“घरबाट टिफिन लैजाँदा विद्यार्थीहरुले पैसा पाउने”– अध्यक्ष बर्मा

“घरबाट टिफिन लैजाँदा विद्यार्थीहरुले पैसा पाउने”– अध्यक्ष बर्मा

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ माघ – पाटेश्वरी माध्यमिक विद्यालय कारकाँदोमा आज शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधवराम बर्माको अध्यक्षतामा अभिभावक भेला सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामार्फत आउनु फागुन १ गतेदेखि उपमहानगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई खाजा वापत रकम उपलब्ध गराउने निर्णय भएको हुँदा सोही विषयमा आज पाटेश्वरी माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको व्यवस्थापन समिति अध्यक्ष बर्माले बताउनुभयो । अध्यक्ष बर्माका अनुसार आज सम्पन्न गरिएको अभिभावक भेलामार्फत सम्पूर्ण अभिभावकहरुलाई त्यसबारे जानकारी गराई अब उप्रान्त घरबाट बच्चाहरुलाई पठाउँदा चाउचाउ, चाउमिनलगायत ड्राई फुड टिफिनमा नदिई घरमा खानेकुरा जस्तै रोटी, पुडी, पराठा लगायतका खाने सामान टिफिनमा दिएर बच्चाहरुलाई स्कूल पठाएमा उपमहानगरपालिकाबाट आउने रकम विद्यार्थीहरुले पाउने अभिभावक भेलामा जानकारी गराईए...
माता बागेश्वरीको १०औं साधारणसभा सम्पन्न

माता बागेश्वरीको १०औं साधारणसभा सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ बाँकेमा रहेको सहकारीले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नाराका साथ गरिएको साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले ३६ करोड ९० लाख १३ हजार १ सय ६९ रुपैयाँ बराबरको कारोबार गरेको छ । साधारणसभाका प्रमुख अतिथि सस्थाका जेष्ठ शेयर सदस्य ८५ का हाजी कल्लू हासमी तथा लेखा संयोजक सफिक हल्वाई, अतिथी कमरुद्दीन राई, अखलेश गुप्ता, उषा गौतम, फिरोज अन्सारी, कमल शाही लगायतको सहभागिता रहेको प्रबन्धक सञ्चालक अम्बिका काफ्लेले जानकारी गराउनुभयो ।...
डल्ला परेर काम नलाग्ने भयो २८ करोडको रासायनिक मल

डल्ला परेर काम नलाग्ने भयो २८ करोडको रासायनिक मल

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
वीरगन्ज, २१ माघ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन ।२८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह य...
बि–ग्रुपद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बि–ग्रुपद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ माघ – भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत भेरी अस्पतालमा रहेको कोभिड–१९ आईशोलेशन वार्डका लागि कोभिड संकट ब्यवस्थापन केन्द्रमार्फत भेरी अस्पताललाई २ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १०० थान स्वास्थ्य सुरक्षा सामग्री (आईशोलेशन किट्स) हस्तान्तरण गरेको छ । सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बि–ग्रुपका सचिव टेकबहादुर पुनले कोभिड संकट ब्यवस्थापन केन्दका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रकाश थापालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।सो हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रकाश थापाले कोभिड रोकथामको लागि बी–ग्रुपले बाँके जिल्लामा शुरुदेखि नै अस्पताललाई आवश्यक परेको स्वास्थ्य सामग्री...
नरैनापुरको जयरामपुर्वामा अस्पताल बनाउने निर्णय

नरैनापुरको जयरामपुर्वामा अस्पताल बनाउने निर्णय

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नरैनापुर, १७ माघ - नरैनापुर गाउँपालिकाको ८ औं गाउँसभा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नरैनापुर गाउँपालिका प्रमुख ईश्तियाक अहमद शाहको अध्यक्षतामा ४ दिनसम्म सञ्चालन भएको गाउँसभामा गाउँपालिकामा २५ सैय्याको अस्पताल बनाउने जग्गा छनौट गरेर यथासीघ्र अस्पताल निर्माण कार्य अगाडि बढाउने समेत निर्णय गरेको छ । गाँउपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश शर्माले २५ सैय्याको अस्पताल वडा नम्बर ४ को जयरामपुर्वाको उत्तरमा रहेको ऐलानी जग्गामा स्थानमा अस्पताल बनाउन गरेको प्रस्ताव गाउँसभाले सर्वसम्मतिले पारित गरेको हो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको अवधारणाअनुसार गाउँपालिकामा अस्पताल बनउनका लागि जग्गा छनौट गरि गाउँसभाले अस्पताल बनाउने निर्णय गरेको हो । केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपी...