
नेपालगन्ज, २२ माघ – माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ बाँकेमा रहेको सहकारीले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नाराका साथ गरिएको साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले ३६ करोड ९० लाख १३ हजार १ सय ६९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
साधारणसभाका प्रमुख अतिथि सस्थाका जेष्ठ शेयर सदस्य ८५ का हाजी कल्लू हासमी तथा लेखा संयोजक सफिक हल्वाई, अतिथी कमरुद्दीन राई, अखलेश गुप्ता, उषा गौतम, फिरोज अन्सारी, कमल शाही लगायतको सहभागिता रहेको प्रबन्धक सञ्चालक अम्बिका काफ्लेले जानकारी गराउनुभयो ।

