
खजुरा, २६ माघ – खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्ल विकासमा निकै अग्रसर बन्दै आएका छन् । उनी आसन र भाषणमा त्यति ध्यान पु¥याउदैनन् । आफ्नो अधिकांश समय वडाको विकास र जनताको पिरमर्का बुझ्न् खर्च गर्ने उनको स्वभाव सहयोगी छ ।
उनले आफुले पाउने सेवा सुविधाबाट सामाजिक काम र लक्षित वर्गमा खर्चिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ जयकिसान स्पोर्ट्स क्लबको भवन र त्यसमा जिम सेन्टर । आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले जिम सेन्टर निर्माण गरेको अध्यक्ष मल्ल बताउँछन् ।
तत्कालीन मध्यपचिम खेलकुद विकास समितिबाट २ पटक गरि ५ लाख सहयोग हुँदा बाँकी सबै रकम वडाध्यक्ष मल्लले सहयोग गरेको सचिव चिरञ्जीवी पाण्डे बताउँछन् ।
मैटहवा माबिसँगै रहेको जिम सेन्टरमा पुगेर खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, बिज्ञ सदस्य किरण ढकाल, सञ्चारकर्मी जे पाण्डे लगायतले अवलोकन गरेका छन् । जिम सेन्टरमा जिमका लागि आवश्यक सामाग्री समेत ल्याईसकिएको छ ।



