Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

घर घरमा जेष्ठ नागरिकलाई दोस्रो चौमासिक भत्ता वितरण शुरु

घर घरमा जेष्ठ नागरिकलाई दोस्रो चौमासिक भत्ता वितरण शुरु

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १५ फागुन – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो चौमासिक अन्तर्गत मंसिरदेखि फागुनसम्मको भत्ता वितरण गर्न थालिएको छ ।गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ कोलही गाउँका जेष्ठ नागरिक सतगुर सरन कुर्मीलाई भत्ता वापतको रकम हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर रकम वितरण गर्दै आएको बताउनुभयो । अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफनै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पुर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी गराउनुभयो । गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगे...
कोहलपुरलाई आधुनिक व्यापरिक केन्द्र बनाउन सुझाव

कोहलपुरलाई आधुनिक व्यापरिक केन्द्र बनाउन सुझाव

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कोहलपुर, १३ फागुन – लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल लक्ष्य व्यवसायिक सुरक्षा नै रहेको बताएका छन् ।‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले बिहीबार कोहलपुरको उज्वल मेडिकल हल, न्यूरोड, चौराहा, मुख्य बजार, साँझा चोक, पीपल चौतारा हुँदै हाईस्कुल चोकसम्मका व्यवसायिहरुसँगको भेटघाट गर्दै कोहलपुर क्षेत्रको व्यापार व्यवसायको सुरक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् । विशेष गरी कोहलपुरका पसलहरुमा चोरीका घटनाहरु बढिरहेको, कोरोना भाईरसका कारण व्यापार व्यवसाय धरासय भएको, घरभाडा तिर्न नसक्दा व्यवसाय बन्द ...
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार
बागलुङ, १३ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको छ ।प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तर्गत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसँग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ । देशमा संघीय संरचना शुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरे...
शुल्क असुलीमा नं. १ को तकमा सिद्धार्थ विद्या सदनलाई !

शुल्क असुलीमा नं. १ को तकमा सिद्धार्थ विद्या सदनलाई !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० फागुन – नेपालगन्ज उपमहानगरपालिका भित्र हाल बोर्डिंंङ्ग स्कूलहरुमा चर्को शुल्क उठाउनमा ‘कोभन्दा को कम’ भन्दै जुहारी नै चलेको पाईन्छ । जस मध्ये धेरै जसो घटनाहरु विद्यालयको हाता भित्रै मिलाउने गरिन्छ भने छिटपुट घटनाहरु बाहिर आउने गरेका छन् ।विगत केही दिन अगाडी यस्तै एउटा घटना फुल्टेक्रा स्थित हडियाबाबा आश्रम मार्ग नजिक रहेको क्रिशटल ईग्लिस बोर्डिङ्गमा मिलाईएको थियो । जसमा अभिभावकको गुनासो थियो बच्चा पढ्न नगएपनि विद्यालयबाट वार्षिक शुल्क, परीक्षा शुल्क, ट्युशन शुल्क लगायत गरी मोटो रकमको बिल अभिभावक कहाँ पठाएर शुल्क लिने प्रयास गरेको हुँदा वडाअध्यक्ष समिरप्रताप सिंह मार्फत मिलाइएको थियो । त्यस बेला पनि शिक्षा नियमावली र उपमहानगरपालिका शिक्षा शाखा मार्फत जारी निर्देशन बमोजिम शुल्क उठाउने गरेको भनाई सम्बन्धित विद्यालयका जिम्मेवार पक्षहरुले राखेका थिए ।यसगरी, सिद्धार्थ विद्या ...
सरस्वती पूजामा विद्यार्थीलाई पुरस्कार वितरण

सरस्वती पूजामा विद्यार्थीलाई पुरस्कार वितरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, ४ फागुन – सरस्वती पूजाका अबसरमा खजुरा क्षेत्रका संस्थागत र निजी विद्यालयले विशेष कार्यक्रम गरि मनाएका छन् । अधिकांश विद्यालयले आफ्नै हाताभित्र रहेका सरस्वती मन्दिरमा पूजापाठ र प्रसाद वितरण गरी मनाएका छन् ।सोही अवसरमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरीले विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले संस्थागत विद्यालयमा विद्यार्थी आकर्षणका लागि पालिकाले विविध कार्यक्रम ल्याएको बताए ।खजुरा गाउँपालिका वडा नं. ३ की सदस्य देउमाया थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण गौतम, निमबहादुर पंगाली, रेडक्रम वागेश्वरी सभापति जीवनाथ सापकोटा, समाजसेवी श्यामकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा विद्यालयका प्रधानध...
युवा ब्यबसायी ढकालले गरे मन्दिरलाई सहयोग

युवा ब्यबसायी ढकालले गरे मन्दिरलाई सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ४ फागुन – नेपालगन्जका युवा ब्यबसायी बिमल ढकालले खजुरा ३ धौलागिरीमा निर्माणाधीन सरस्वती मन्दिरलाई आर्थिक सहयोग गरेका छन् । स्वर्गीय बुवा वालकृष्ण ढकालको संझनामा उनले ५५ हजार ७ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । श्रीपञ्चमीको अवसर पारेर नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रगतिशिल आमा समूहका अध्यक्ष कृष्णमाया गुरुङ, पूर्णबहादुर पुन, रामबहादुर थापा, छबबहादुर भण्डारीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।आफूले अध्ययन गरेको बिद्यालयको हाता भित्र निर्माण भईरहेको सरस्वती मन्दिरलाई सहयोग गर्न पाउँदा हर्षित भएको बताए । समाजसेवी एवं युवा ब्यवसायी ढकालले स्थानीय क्लब लगायत बिभिन्न ब्यक्ति र संघ संस्थालाई सहयोग गर्दै आएका छन् । यसैगरी, खजुरा ३ धौलागिरीका युवा व्यवसायी राजेश बरालले शैक्षिक सामाग्री सहयोग गरेका छन् । आफू अध्ययन गरेको विद्यालयमा सुर्खेतम...
अनलाईन बिजनेश फेस्टिबल सम्पन्न

अनलाईन बिजनेश फेस्टिबल सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १ फागुन - नेपालगन्जमा बिहिबारदेखि सञ्चालित अनलाईन बिजिनेस फेस्टिबल सम्पन्न भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा सञ्चालित फेस्टिबल शनिबार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको फेस्टिबलमा करिब ५ हजारले अवलोकन गरेको आयोजक संस्थाका प्रमुख सौभाग्यजंग शाहले जानकारी दिनुभयो । फेस्टिबलको अीनतम दिनपनि दर्शकहरुले सांगितिक प्रस्तुतीहरुको आनन्द लिदैं फेस्टिबलमा रहेका स्टलहरुको अवलोकन गरेका थिए । दर्शकहरुले स्टलहरुमा चासो राख्दै अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु लिएका थिए । फेस्टिबलमा आएका बिद्यार्थीहरुले शैक्षिक सामाग्री राखिएका स्टलहरुमा गएर बिभिन्न बिषयमा जानकारी समेत लिएको आयोजकले जनाएको छ । फेस्टिबल हेर्न पुगेका नेपालगन्ज १८ का रामप्रकाश महतोले आफुले शैक्षिक स्टलबाट सहज रुपमा बिभिन्न उपलब्धीमूलक जानकारी प्राप्त गरेको बताउनुभयो । त्यस्तै फेस्टिबलमा राखिएका बिभिन्न परिक...
बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न

बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १ फागुन - नेपाल जडीबुटी ब्यावसायी संघ ( जबान ) को बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न भएको छ ।शनिबार संघको २१ तथा २२ औं बार्षिकसाधारणसभा नेपालगन्जमा सम्पन्न भएको हो । संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेशसभा सदस्य भुवानेश्वर चौधरी रहनु भएको थियो । कोभिड–१९ का कारण गतबर्ष साधारण सभा हुन सकेकोले यसबर्ष दुबै बर्षको साधारणसभा एकैसाथ गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संघका सदस्य रहेका बिभिन्न जिल्लाका अध्यक्ष एवँ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिमा चौधरीले जडीबुटी क्षेत्रको बिकासमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँले कोभिडको कारणले अन्य क्षेत्रसंगै जडीबुटी ब्यवसायपनि मारमा परेको चौधरीको भनाई छ । उहाँले प्रदेश सभाको बैठकमा आफुले त्यसबाट उत्पन्न समस्याको समाधान...
फोहर व्यवस्थापनका लागि जिआईजेडसँग सम्झौता

फोहर व्यवस्थापनका लागि जिआईजेडसँग सम्झौता

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ फागुन – नेपालगन्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रम बीच शनिबार नेपालगन्ज उप–महानगपालिकाकामा द्धिपक्षीय समभ्mदारी पत्रमा हस्ताक्षर भएको छ ।समभ्mदारी पत्रमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयाग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गर्नुभयो । स्वास्थ्यजन्य फोहार व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणहरुको सहयोग जिआईजेडले गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया सुरु गरेको छ । समझ्दारी पत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगन्जमा स्व...
पुतलीबजारमा सहकारी बैकको ६८ औं शाखा उद्घाटन

पुतलीबजारमा सहकारी बैकको ६८ औं शाखा उद्घाटन

आर्थिक, श्रम/रोजगार, समाचार
स्याङ्जा, ३० माघ – राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीवारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले समृद्ध नेपाल निर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिनु भएको थियो । सहकारीमा रहेको पूँजिलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले थप प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसमा स्थानीयतहको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो । सहकारीका नाममा ...