Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

नगरसभाद्वारा विभिन्न ऐन पारित

नगरसभाद्वारा विभिन्न ऐन पारित

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ माघ – नेपालगन्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो ।नगरसभाले वडागत बजेट रकमान्त्ररण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गरेको छ । नगरसभामा नगर प्रमुख डा. राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताउनुभयो । मुख्य सडक र नालीहरुको निर्माण सम्पन्न भएको छ, नगर प्रमुख राणाले भन्नुभयो,– सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ ।पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साईट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उहाँले क्रिकेट रंगशालाको समेत निर्माण सुरु...
समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ माघ - समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले एक कार्यक्रमका बीच सिलाई कटाई तालिमकाे उद्घाटन गरेकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरकाे प्रमुख आथित्यता तथा समानता तथा सशक्तिकरण मञ्च (आई) की अध्यक्ष मुना श्रेष्ठकाे सभापतित्वमा सञ्चालन भएकाे कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका ८ जना महिलालाई संस्थाले ३ महिने सिलाई कटाई तालिम दिन लागेकाे छ । उद्घाटनका क्रममा उपमेयर उमा थापा मगरले तालिम प्रमाण पत्रकाे लागि मात्रै न लिएर सीप सिकिसकेपछि कुनै नकुनै रूपमा आर्थिक आयआर्जनकाे लागि प्रयाेग गर्न सहभागिहरूलाई जाेड दिनुभयाे । अमेरिका स्थित "अनकाेन" सामाजिक संस्थाकाे आर्थिक सहयाेगमा समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले सिलाई कटाईबाट आत्म स्वावलम्बन तथा आय आर्जन गरी जिवनमा परिवर्तन ल्याई घर परिवार तथा समाजलाई परिवर्तन गर्ने चाहना राखेकालाई तालिममा सहभागी गराईकाे...
उपमहानगरको सडक कालोपत्रे तत्कालिन मन्त्री राईकै पालामा बनेको दाबी

उपमहानगरको सडक कालोपत्रे तत्कालिन मन्त्री राईकै पालामा बनेको दाबी

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ११ माघ – तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् । राइ शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए । उन कै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । नगरपालिका आफनै स्रोतमा एउटा पनि सडक कालोपत्रे बनेको छैन् । एडिबीले बनेका सडकहरु पनि शहरी विकास मन्त्रालय अन्तर्गत नै बनेको हुन् । पाँच सय मिटरका पक्की सडक प्रदेश सरकारको बजेटबाट निर्माण भएका छन् । कतिपय निर्माणाधिन छन् ।नगरपालिकाको स्रोतले एउटा पनि सडक नगरभित्र नबनेको जसपाका जिल्ला उपाध्यक्ष राजन रानामगरले दावी गर्नुभयो । मेयर धवल शम्शेर राणाले नगरपालिकाले सडक बनाइरहेको र नाला बनाइरहेको भनेर अनावश्यक भ्रम फैलाएको उहाँको भनाइ छ । उहाँले नगरपालिका कार्यालयले केवल समन्व...
“व्यावसायीहरुको हकहितका लागि एशोसियसन दर्ता” अध्यक्ष डम्बर शाहु

“व्यावसायीहरुको हकहितका लागि एशोसियसन दर्ता” अध्यक्ष डम्बर शाहु

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ माघ - मध्य तथा सुदुर पश्चिम नेपालमा यातायात (अटोमोबाईल)का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यावसायिहरुको साझा संस्था "मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल" नामको गैर राजनितिक, गैर नाफामुलक संस्था नेपालगन्जमा खोलिएको छ। अटोमोबाईलसँग सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायीहरुको हकहित एवं व्यावसायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ यो एशोसियसन खोलिएको संस्थाद्वारा अायाेजित पत्रकार सम्मेलनमा अध्यक्ष डम्बर शाहुले बताउनुभयाे । सम्मेलनमा अध्यक्ष शाहुले राज्यमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ इन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका वस्तुहरु जस्तै (ब्याट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाइल साफ्टवेयर)को आयात एव उत्पादन सम्बन्धि व्यावसायिक विकास, दक्षता एवं राज्...
फुल्टेक्रा विद्यालयको ८ कोठे भवनको शिलान्यास

फुल्टेक्रा विद्यालयको ८ कोठे भवनको शिलान्यास

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ माघ – फुल्टेक्रा गाउँ भित्र बाटो निर्माण गर्न पटक–पटक फुल्टेक्रा माध्यमिक विद्यालयले गर्दा निर्माण हुन नसकेको वडाबासीहरुमार्फत आरोप लागेपछि फुल्टेक्राका समाजसेवी दाता माधवराम बर्माले सहकार्य गरी मन्दिर ट्रष्टको नाममा रहेको १४ कठ्ठा जग्गा विद्यालयलाई भोजाधिकारको लागि दिने सम्झौता गरेका थिए । फुल्टेक्रा माध्यमिक विद्यालय र जग्गा दाता बाबुराम कुर्मीका छोरा माधवराम बर्मा बीच गरिएको सम्झौतालाई सम्बन्धित स्थानीय सरकारद्वारा स्वीकृत भई भोगाधिकारको लागि प्राप्त १४ कठ्ठा जग्गामा ८ कोठा भवन बन्ने भएको छ ।नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख थापा तथा सम्बन्धित सबैको उपस्थितिमा नगर प्रमुख डा. धवल शम्शेर राणाले दाताद्वारा प्रदान गरिएको १४ कठ्ठा जग्गामा ८ कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै उपमहानगर प्रमुख डा. राणाले जग्गा दाता माधव बर्मा तथा ...
९३ औं खगेन्द्र जयन्ती सम्पन्न

९३ औं खगेन्द्र जयन्ती सम्पन्न

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ५ माघ – नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ९३ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र बाँके शाखाको आयोजनामा सोकार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गिय खगेन्द्रबहादुर बस्नेतको व्यक्तित्व बारे चर्चा गरिएको थियो । वहाँको सम्झनामा एक मिनेट मौन धारण गर्नुका साथै बस्नतेको तस्विरमा माल्यार्पण, अविर अर्पण गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले आफु असक्त भएर पनि बस्नेतले २०२६ सालमा अपाङ्गता हकहितका लागि नेपाल कै पहिलो संस्था स्थापना गरेको बताउनुभयो । वहाँको योगदानको कदर गर्दै पछि गएर वहाँ कै नाममा संस्थाको नामाकरण गरिएको बताउनु भयो । कार्यक्रममा चार जना अपाङ्गता भएको व्यक्तिहरुल...
नरैनापुरका लागि आयोगसंग करोडौंका योजना माग

नरैनापुरका लागि आयोगसंग करोडौंका योजना माग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ५ माघ – नरैनापुर गाउँपालिकाले राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग गरेको छ । आयोगले गत मंसिर ३० गते सूचना प्रकाशित गरेर स्थानीय तहबाट समपूरक अनुदानतर्फ १ करोडदेखि १० करोड र विशेष अनुदानतर्फ ५० लाखदेखि १ करोडका योजना माग गर्न आह्वान गरेपछि गाउँ कार्यपालिकाको बैठक बसेर योजना माग गरिएको हो ।पुष २८ गते बसेको बैठकले समपूरक र विशेष अनुदानका योजना माग गर्ने निर्णय गरेर आयोगमा पठाएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो । समपूरकतर्फ पालिकाका ६ वटै वडाका सडक स्तरोन्नतिका लागि योजना माग गरिएको छ । प्रत्येक वडाका लागि एक एक वटा भौतिक पूर्वाधारको योजना माग गरिएको शाहीले बताउनुभयो ।वडा नम्बर ६ को गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडकसम्म जोड्ने ८ मिटर चौडा ३ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ५ मा हुलाकी सडकदेखि मोतिपुर(नयाँबस्ती जोड्ने ५ सय मिटर...
बी योर सेल्फद्वारा महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण

बी योर सेल्फद्वारा महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ माघ - जानकी गाउँपालिका वडा नं. ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । महिला जनचेतनामुलक अभियान अन्तरगत बी योर सेल्फ नामक संस्थाले शनिवार प्याड वितरण गरेको हो । कार्यक्रममा २ सय जनालाई प्याड वितरण गरिएको संस्थाका अध्यक्ष गौरव शाहले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, कोषाध्यक्ष प्रेक्षा केसी, पुर्व मिस नेपालगन्ज सुमन थापा, मधु योगी लगायतले सामाग्री हस्तान्तरण गरेका थिए । वितरण कार्यक्रममा महिनावारीका वारेमा जनचेतनामुलक नृत्य, नाटक प्रदर्शनका साथै स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो । नेपालगन्जका युवाहरुद्वारा स्वतस्फुर्त रुपमा गठित संस्थाले यस अघिपनि आर्थिक संकलन गरि विपन्न तथा असहायहरुलाई खाना खुवाउने लगायतका सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव करण शाहले जानकारी दिनुभयो । कार्यक्रममा ए एण्ड बि ट्रेड ...
ब्रिलियन्ट आई.टी. साेलुसन (बिटिएस) तथा ट्रेनिङ्ग सेन्टरकाे शुभाराम्भ

ब्रिलियन्ट आई.टी. साेलुसन (बिटिएस) तथा ट्रेनिङ्ग सेन्टरकाे शुभाराम्भ

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ माघ - विश्व डिजिटल प्राविधिमा जाेडिएसँगै गाउँगाउँ र टाेलटाेलमा डिजिटल प्राविधि विस्तार गर्ने क्रममा नेपालगन्जकाे गणेशमानमा ब्रिलियन्ट अाई.टी. साेलुसन (बिटिएस) तथा ट्रेनिङ्ग सेन्टरकाे शुभाराम्भ गरिएकाे छ । माघे संक्रान्तिकाे शुभ अवसरमा बिहिबार नेपालगन्जकाे गणेशमान चाैकमा युनाईटेड नेपाल बाँके शाखा प्रमुख तथा केन लुम्बिनि प्रदेश महासचिव भाेजराज तिमिल्सेनाले ब्रिलियन्ट अाई.टी.साेलुसन (बिट्स) तथा ट्रेनिङ्ग सेन्टरकाे रिबेन काटी उद्घाटन गरेका छन् । उक्त ट्रेनिङ्ग सेन्टरबाट कम्प्युटर सम्बन्धि बेसिक तथा डिप्लाेमा तालिम, प्राेग्रामिङ्ग भाषाकाे तालिम, बेबसाईड बनाउने र बनाउन सिकाउने, कम्प्युटर सफ्टवेयरकाे निमार्ण र बिक्री, विभिन्न परिक्षाका तयारी कक्षाहरू र डिजिटल मार्केटिङ्ग सम्बन्धि क्लासहरू सञ्चालन गरिने संस्थाका कार्यकारी निर्देशक अंकित श्रीवास्तवले बताउनु भयाे । कार्यकारी नि...
कृषिको व्यवसायिकीकरणका लागि सहकारी उयपुक्त माध्यम : जिसी

कृषिको व्यवसायिकीकरणका लागि सहकारी उयपुक्त माध्यम : जिसी

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २९ पौष – राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताउनु भएको छ ।बागलुङ नगरपालिका वडा नं. ८ सिगानास्थित श्री गणेश व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको बुधवार उद्घाटन पछि उहा“ले यस्तो बताउनु भएको हो ।सहकारीमार्फत कृषकहरुलाई कृषि समन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नु पर्नेमा उहाँको जोड थियो । व्यक्तिगत उत्पादन र सामुहिक व्यवस्थापनका लागि सहकारी उपयुक्त माध्यम भएको उहाँको भनाइ थियो । कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने र संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नु पर्ने उहाँको भनाइ थियो ।क...