Friday, November 22सत्यम खबर
Shadow

बि–ग्रुपद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगन्ज, १९ माघ – भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत भेरी अस्पतालमा रहेको कोभिड–१९ आईशोलेशन वार्डका लागि कोभिड संकट ब्यवस्थापन केन्द्रमार्फत भेरी अस्पताललाई २ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १०० थान स्वास्थ्य सुरक्षा सामग्री (आईशोलेशन किट्स) हस्तान्तरण गरेको छ ।


सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बि–ग्रुपका सचिव टेकबहादुर पुनले कोभिड संकट ब्यवस्थापन केन्दका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रकाश थापालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।
सो हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रकाश थापाले कोभिड रोकथामको लागि बी–ग्रुपले बाँके जिल्लामा शुरुदेखि नै अस्पताललाई आवश्यक परेको स्वास्थ्य सामग्री सहयोग गरेको बताउनु भयो । कोभिड रोकथाममा प्रत्यक्ष फ्रण्ट लाईनमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनको लागि बी–ग्रुप संस्था सहयोगी बनेको बताउनुभयो ।
सो हस्तान्तरण कार्यक्रममा बी–गु्रपका निर्देशक डम्मर सुनार, लेङ्गिक अधिकृत सोम गुरुङ्गको सहभागिता रहेको थियो ।
साथै भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा खजुरा गाउँपालिकाको वडा नं.१,२,३,४ र ८ मा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना सञ्चालन गरिहेको छ ।
सोही परियोजना अन्तर्गत आवश्यक्तता अनुसार खजुरा र नेपालगन्जमा गरि थप ३०० थान स्वास्थ्य सामग्री (आईशोलेशन किट्स) पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बी–गु्रपका कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *